फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

जातीय सदभावका लागि पञ्चेवाजा तालिम :-मेयर जिरेल

जिरी/जिरी नगरपालिकाका नगर प्रमुख  मित्र जिरेलले जातिय सद्भाव र मौलिक बाजाका संरक्षणको लागि पञ्चेबाजा को तालिम का लागि नगरपालिकाले कार्यक्रम राखेको बताउनु भएको छ ।


जिरी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको उक्त तालिम समापनमा आफ्नो शुभकामना मन्तव्य राख्दै सो कुरा बताउनु भएको हो।कार्यक्रमलाई सम्बोधन गर्दै मेयर मित्र जिरेलले नौमती पञ्चेबाजा नेपाली मौलिक कला, संस्कृति तथा पहिचानसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक सम्पदा भएको बताउनुभयो। उहाँले महिलाहरूको क्षमता विकास, आर्थिक सशक्तीकरण तथा आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। तालिमबाट प्राप्त ज्ञान र सीपलाई केवल कार्यक्रममै सीमित नराखी व्यवहारिक जीवन तथा आयआर्जनका गतिविधिसँग जोड्न सहभागी महिलाहरूलाई आग्रह गर्नुभयो।


मेयर जिरेलले भन्नुभयो, “महिला दिदीबहिनीहरूले सिकेको सीपलाई अधिकतम प्रयोग गरी स्वरोजगार तथा आयआर्जनको माध्यम बनाउनुपर्छ। यसबाट आर्थिक अवस्था सुदृढ हुनुका साथै स्थानीय कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा समेत टेवा पुग्नेछ।” उहाँले नौमती पञ्चेबाजा जस्ता सांस्कृतिक गतिविधिले विभिन्न जातजाति र समुदायबीच आपसी सद्भाव, सहिष्णुता तथा सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले महिलाहरूलाई सीप, क्षमता र अवसरसँग जोड्न सके मात्र दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरूलाई प्रेरित गर्नुभयो। साथै, महिलाहरूको आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्वता व्यक्त गर्नुभयो।

जिरी नगरपालिका–४ मा जिरेल महिला समूहद्वारा आयोजित नौमती पञ्चेबाजा तालिम कार्यक्रम सम्पन्न  कार्यक्रमको अध्यक्षता जिरी नगरपालिका वडा नं. ४ का अध्यक्ष पदेमान जिरेल ले गर्नुभएको थियो।कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष पदेमान जिरेलले स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणमा महिलाहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले तालिममा सहभागी सम्पूर्ण महिलाहरूलाई बधाई दिँदै सिकेको सीपलाई समुदायको हित, सांस्कृतिक संरक्षण तथा आर्थिक उन्नतिका लागि उपयोग गर्न आग्रह गर्नुभयो।

तालिममा सहभागी महिलाहरूले नौमती पञ्चेबाजा बजाउने सीप हासिल गरेका छन्। सहभागीहरूले तालिमले आफूहरूमा आत्मविश्वास बढाएको तथा भविष्यमा यसलाई आयआर्जनको माध्यमका रूपमा समेत उपयोग गर्न सकिने विश्वास व्यक्त गरेका छन्। कार्यक्रमले स्थानीय संस्कृति संरक्षण, महिला सशक्तीकरण तथा सामुदायिक एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

१० वर्षदेखि अलपत्र नयाँ पुल पुरानै मर्मत गर्ने

Nabin Kumar Khatiwada

बागमतीमा प्रदेश निजामती र स्थानीय सेवा अध्यादेश जारी

Friendship Khabar

एक पुरुषद्वारा वैतेश्वर माविकि शिक्षिका तामाङ माथि आक्रमण

Kedar Dahal