फ्रेण्डसिप खबर
धर्म र संस्कृति बागमती प्रदेश समाचार

सोनाम ल्होछारको उपलक्ष्यमा २ दिन सार्वजनिक बिदा

तेन्जिङ शेर्पा

दाेलखा/वैतेश्वर गाउँपालिका दोलखा ले तामाङ समुदायले मनाउने मुख्य पर्व सोनाम ल्होछारको उपलक्ष्यमा माघ १९ र २० गते २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। वैतेश्वर गाउँपालिकाले सूचना निकालेर २८५८ औं ताक (बाघ बर्ष) लो सोनाम ल्होछारको अवसरमा गाउँपालिकामा तामाङ जातिकाे बाहुल्यता रहेको हुँदा माघ १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

गाउँपालिकाद्वारा जारी सूचना अनुसार माघ १९ र २० गते गाउँपालिकाको कार्यालय,गाउँपालिका मातहतका कार्यालयहरु र विद्यालयहरु बन्द रहने जानकारी दिएको छ ।वैतेश्वर गाउँपालिकामा तामाङ जातिको बाहुल्य बसोबास रहेकाले तामाङ समुदाय को विशेष पर्व ल्होछार भएको हुँदा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँ पालिका अध्यक्ष छवि लामाले जानकारी दिनुभयो।

यसैबिच बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पनि सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा १ दिन माघ १९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिनुभयो । उहाँको अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

यस्तो छःएक क्वीन्टल सुन भित्र्याउने आरोपित  भुजेलको घर परिवार

Friendship Khabar

बलेफी गाउँपालिका अध्यक्ष द्वारा एमाले परित्याग

Friendship Khabar

अध्यादेशबारे ७ बुँदे शंकल्प प्रस्ताव जारि गर्दै बचत संघकाे साधारणसभा

Kedar Dahal