फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

युवा सघं नेपाल द्वारा कोभिड १९ बिरुद्व जनचेतना

माघ १६/ युवासंघ नेपाल
बुढानिलकण्ठ नगर कमिटिको आयोजनामा कोभिड विरुद्ध साताब्यापी जनचेतनामुलक अभियान शुरु गरिएको छ।
सचेतना अभियानमा बुढानिलकण्ठ नगरपालिकाको सात ठाउमा हेल्पडेक्स स्थापना गरिने छ जस अनुसार आकाशे धाराबाट सुरुभएको अभियान क्रमश तरकारी बजार फैकाचोक पैयुटार चुनिखेल गोल्फुटार हुदै बुढानिलकण्ठ मन्दिरमा आगामी शनिवार समापन गरिने छ। देश भर प्यारासिटामलको अभाव भन्ने हल्ला चलिरहेको बेला युवा संघले प्यारासिटामल, माक्स स्यानिटाईजर कोभिड सम्बन्धि ब्रोसरहरु राखेर हेल्प डेस्क बाट बितरण शुरु गरेको हो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला उपसचिव एवम काठमाडौं क्षेत्र नम्बर ४ का संयोजक धुर्ब राज न्यौपाने क्षेत्र नम्बर ४ सचिब पुरुषतम नेपाल युवा सघ नेपाल केन्द्रीय सचिवालय सदस्य एवम नेकपा एकिकृत समजवादी पार्टि बुढानिलकण्ठ नगरकमिटी उपसचिव बिष्णु भट्टराई युवा संघनेपाल केन्द्रिय सचिवालय सदस्य एवम बुनपा १२ का पार्टी अध्यक्ष रामशरण सापकोटा केन्द्रिय सदस्य विशाल खत्री र युवा सघ नेपाल बुढानिलकण्ठ अध्यक्ष आकश श्रेष्ठको संयोजनमा कार्यक्रम भएको थियो। कार्यक्रममा बुढानिलकण्ठ नगर कमिटिको दर्जनौ युवाको उपस्थिति रहेको युवा सघ नेपाल केन्द्रिय सदस्य तथा नेकपा एकीकृत समाजवादिका युवा नेता विशाल खत्रीले जानकारी दिएका छ्न। कार्यक्रम जनताको स्वस्थ्य संग सम्वन्धित कार्यमा सबैको सहयोग र सदभावको अपेक्षा राखेकोले यो अभियानमा नगरबासी सबैको सहयोग को अपेक्षा रहेको युवा संघ नेपाल बुढानिलकण्ठ नगर कमिटिले जनाएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

पुरानै शैलिमा आउँदै SEE परिक्षाकाे रिजल्ट, यसरी हेर्नुहाेस GPA

Kedar Dahal

बैदेशिक राेजगारकाे मुख्य गन्तव्य दक्षिण काेरीयाकाे आवेदन खुल्ला

Kedar Dahal

निता राउत फाउण्डेशन द्वारा न्यानो कपडा बितरण

Friendship Khabar