फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कृषि गृह पृष्ठ बागमती प्रदेश स्थानीय समाचार

कोरियाको उन्नत गाई जिरी आइपुग्यो

जिरी/दक्षिण कोरियाबाट उपहारमा नेपालमा आएको उन्नत जातको कोरियाली गाई नेपालको एक मात्र सरकारी गाई फार्म दोलखाको गाई आनुवंशिक श्रोत केन्द्रमा आइपुगेको छ । केन्द्रमा ४ वटा कोरली गाई शुक्रबार राती गाई फार्ममा ल्याइएको हो ।
गणतन्त्र कोरियाको कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको स्वीकृतिमा त्यहाँबाट कोरली बाच्छी र साँढे कोरिया हेफरले उपहार स्वरुप नेपाल हेफर मार्फत नेपाल सरकारलाई ढुवानी सहित उपहार स्वरुप १०१ कोरली र २० वटा साँढे उपलब्ध भएको छ ।  त्यस मध्ये हेफर नेपालले २० वटा कोरली र २० वटा साँढे नेपाल सरकारलाई उपलब्ध गराएको मध्ये जिरीमा कोरली गाईसँगै सिमेन पनि उपलब्ध भएको गाई आनुवंशिक श्रोत केन्द्र जिरीका वरिष्ठ पशु विकास अधिकृत डा गोपाल गिरीले जानकारी दिए ।
कोरियाबाट आएको गाई कृषि अनुसन्धान परिषद् खुमलटारबाट आफैं गएर ल्याएको उनले बताए । कोरियाबाट आएको कोरली उच्च गुणस्तरको रहेको उनले बताए । बाच्छी र साँढे ल्याउन हेफर इन्टरनेशनल नेपाल र हेफर इन्टरनेशनल कोरियाले सहयोग गरेका छन् । हेफरका अनुसार करिब ५७ करोड रुपैयाँ बराबरका बाच्छी तथा साँढे किसानलाई निःशुल्क दिन लागिएको हो ।
कोरियाबाट आएको सिमेन किसानका गाईलाई उपलब्ध गराउने योजना रहेको उनले बताए । कोरियन गाईले दैनिक ४२ लिटरसम्म दुध दिने क्षमता भएकाले किसानको जीवनस्तर सुधारर्न सहयोग पुग्ने उनले बताए । कोरियाली गाईसँगै केही दाना र औषधी समेत उपलब्ध गराएको छ ।
८४ बाच्छी र साँढे भने सिन्धुलीको कमलामाई नगरपालिकाका किसानलाई प्रदान गर्ने र पोखरामा लगिएको छ । किसान, हेफर र कमलामाई नगरपालिकाले बाच्छीपालनका लागि ५० वटा गोठ तथा आवश्यक पूर्वाधार बनाएका छन् । नगरपालिकाको संयोजनमा घाँस उत्पादन तथा हेरचाह गर्ने र प्राविधिक सहयोग हेफरले गर्नेछ ।

गाई आनुवंशिक श्रोत केन्द्र जिरीमा हाल ५७ वटा दुध दिने माऊ र कोली, बाच्छाबाछी सहित ११५ वटा गाई छन् । जिरीमा भएको गाई जर्सी र ब्राउन स्वीस जातका गाई छन् । 

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयी

Friendship Khabar

सीप विल्डिङकाे ईपिएस परिक्षामा नेपालबाट १२.६ प्रतिशत मात्रै उत्तीर्ण

Kedar Dahal

खिम्ती १ को शेयर स्थानीयलाई उपलब्ध गराउन नेकपा एस दोलखा द्वारा माग

Friendship Khabar