फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार

वडाध्यक्षले गराए आफ्नै खर्चबाट जेष्ठ नागरिकलाई राष्ट्रप्रमुखसँग भेट

दोलखा/दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष बासु श्रेष्ठले आफूले पाउने सेवासुविधाबाट जेष्ठ नागरिकको तीर्थ यात्रा गराएका छन् ।

निर्वाचित भएदेखि मासिक रुपमा नगरपालिकाबाट सुविधा वापतको रकम जम्मा गरी जेष्ठ नागरिकहरुलाई काठमाडौंका विभिन्न तीर्थ स्थल र राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गराएका हुन् ।

भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकहरुको स्याहार सम्बन्धि पाठ्यक्रम बनाएर पठाइ नै हुनु पर्ने बताइन् । सबै जना जेष्ठ हुन्छन्, उनीहरुको स्वास्थ्य स्याहारमा पढाइ भए बुढेसकालमा स्याहारमा समस्या नहुने बताइन् ।
हाम्रा निजी तथा सार्वजनिक पूर्वाधार पनि जेष्ठ नागरिकमैत्री नभएकाले अब पूर्वाधार पनि जेष्ठ नागरिक मैत्री बनाउने पर्ने उनले बताइन् । दोलखाको भीमेश्वर नगरपालिका–५ का जेष्ठ नागरिकहरुसँग राष्ट्रपति भवनमा भेटघाटका क्रममा उनले अब हाम्रा निजी घर पनि तलमाथि गर्न मिल्ने जेष्ठ नागरिकमैत्री बन्नु पर्ने बताइन् । भीमेश्वर नगरपालिका वडा नंं. ५ को महाकाल माईको प्रसाद (फूल माला, टिका) राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिएका छन् । राष्ट्रपतिले महाकाल माईको प्रसाद लिएसँगै भेटिसमेत पठाएकी छिन् ।

वडा अध्यक्ष वासु श्रेष्ठको नेतृत्वमा शितल निवास पुगेका जेष्ठ नागरिकहरुले राष्ट्रपतिलाई महाकालको प्रसाद प्रदान गरेका हन् । राष्ट्रपतिले दोलखा भीनपा ५ का ३८ जना जेष्ठ नागरिकलाई महाकाल माईको प्रसादको लागि धन्यवाद ज्ञापन गरेका थिए । राष्ट्रपति भवनको प्रवास कक्षमा जेष्ठ नागरिगसँग भेटभाट गरिएको थियो । भेटघाटको क्रममा राष्ट्रपति भण्डारीले गाउँबस्तिका बुबा आमाहरुलाई भेट्ने इच्छा हुँदा हुँदै पनि पदिय दायित्वका कारण सहज नभएको बताइन ।
आज शितल निवासमा तपाईहरुसँग भेटन पाउँदा खुसी लागेको छ । जेष्ठ नागरिकले पाउँदै आएको भत्ता वास्तवमा अपुग छ । यसको वृद्धि हुन आवश्यक छ,’राष्ट्रपति भण्डारीले भनिन्,‘आगामी सरकारले यो विषयमा सोच्न जरुरी छ । यो जेष्ठ नागरिक भत्ता वास्तवमा एउटा सम्मान मात्र हो।’
भीमेश्वर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष वासु श्रेष्ठले ८० देखि ८९ वर्षका जेष्ठ नागरिकलाई भ्रमणका क्रममा आफूले पाउने सुविधाबाट नपुग रकम आफ्नो निजी खर्च गरेका छन् । राष्ट्रपतिले जेष्ठ नागरिकसँग सामूहिक तस्विर समेत खिचेका थिए । राष्ट्रपति भवनले जेष्ठ नागरिकहरुलाई चियापान समेत गराएका थिए ।
समाज कल्याण परिषद, राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापत्ति बसन्तराज कार्कीले जेष्ठ नागरिकहरुले राज्यका प्रमुखसँग भेट्दा छुटै उत्साह हुने बताए । ‘गाउँका बा–आमाले काठमाडौं आएर ठूला दलका नेता पुर्व प्रधानमन्त्रीसँग भेट्दा उनीहरुमा उर्जा हुन्छ ।
राष्ट्रपति भेट्दा उनीहरुमा छुटै उमंग हुन्छ,‘सभापत्ति कार्कीले भने,‘जेष्ठ नागरिकसँग राष्ट्रप्रमुखहरुले भेट्दा उनीहरुको विषयमा बन्ने पोलिसि झन फराकिलो बनाउन सहज हुन्छ ।’

सामन्यतया बुढा बुढिलाई धार्मिक भ्रमण गराउँछन् । घुम्ने खाने रमाइलो गर्ने छुटै भयो । तर, राष्ट्र प्रमुखहरुसँग भेट हुने अवसर कमै जेष्ठ नागरिकले मात्रै पाउँछन् । यो अभियान देशभरि नै लैजानु पर्ने कार्कीको भनाई छ ।
राष्ट्रपतिसँग भेटघाटपछि जेष्ठ नागरिकहरुले जीवनको उत्तरार्धमा राष्ट्रप्रमुखसँग भेट्न पाउनु खुशीको क्षण भएको बताए । भ्रमणमा सहभागी जेष्ठ नागरिक अर्जुनबहादुर राउतले जेष्ठ नागरिकहरु गाउँदेखि आएर राष्ट्र प्रमुख भेट्न पाउनु जीवनकै खुशी भएको प्रतिक्रिया दिए । भ्रमणका क्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र कृष्ण कँडेलको इन्द्रेणी घरमा समेत मनोरञ्जन गराइएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु

Friendship Khabar

गठवन्धन भित्र सहमतिको खोजि भइरहेको नेता नेपाल

Friendship Khabar