फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश शिक्षा

हनुमन्तेश्वर मावी ६५ औं बर्षमा,अभिभावक दिवस सम्पन्न

नवीनकुमार खतिवडा

मैनापोखरी/दोलखाको बैतेश्वर गाउँपालिका ४ काब्रे स्थित हनुमन्तेश्वर नमूना माध्यमिक बिद्यालय को २९ औ अबिभावक दिवस एवम ६५ औ स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ ।


आज एक कार्यक्रमका बिच प्रमुख अतिथि पुर्व मन्त्री पार्वत गुरुङ र नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटी अध्यक्ष भिम दहालले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो।
अभिभावक दिवस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत केसीले विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रस्तूत गर्नुहुँदै ४ करोड ९० लाख ३६ हजार २ सय २७ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तूत गर्नुभएको थियो ।


प्राबिधिक धार इन्जिनियरिङको समेत पढाई हुने विद्यालयमा हाल ९ सय ०६ जना विद्यार्थी अध्ययनरत रहेको पनि प्रअ दहालले सो अवसरमा जानकारी गराउनुभयो । कार्यक्रम मा प्रतिबेदन प्रस्तुत गर्दै प्रअ दहालले प्रशासकीय ब्यबस्थापन,शैक्षिक ब्यबस्थापन ,सिकाई उपलब्धि ,सम्पादित कार्यक्रम र आगामी दिनमा गर्नु पर्ने योजना  लगाएतका बारेमा जानकारी दिनुभएको थियो ।साथै नमुना बिद्यालयले आफ्ना विभिन्न २० ओटा कार्यविधीहरु निर्माण गरी व्यवस्थापकीय पक्षलाई सुधार गरिरहेको पनि जानकारी दिनुभयो । हालसम्म यस बिद्यालय बाट जम्मा २७६८ जनाले एसएलसी/एस.ई.ई. तथा १२९१ जनाले उच्च माबी तह(कक्षा १२)तह उतिर्ण गरेका छन ।

वार्षिकोत्सबको अवसरमा विद्यालयले एसईई उत्कृष्ट,कक्षा १२ तथा क्याम्पसमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थी तथा विद्यालय कार्यरत विषय शिक्षकहरुलाई नगदसहित सम्मान गरिएको थियो भने उत्कृष्ट अभिभावकलाई समेत सम्मान गरिएको छ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाईंको अध्यक्षतामा सम्पन्न भएको कार्याक्रममा प्रमुख अतिथि नेकपा एमाले पोलिट्व्युरो सदस्य एवं पुर्व मन्त्री पार्वत गुरुङ,नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीका अध्यक्ष अध्यक्ष भिमप्रसाद दाहाल,एमाले नेता ऋषिकेश उप्रेती,हनुमन्तेश्वर क्याम्पसका साहायक क्याम्पस प्रमुख ज्योति केसी ,साहायक प्रधानाध्यापक सिताराम दाहाल लगाएतले मन्तब्य राख्नुभएको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा विद्यार्थी लाई सहकारी शिक्षा

Friendship Khabar

नेकपा एसनिकट कर्मचारी संगठनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र

Friendship Khabar

रोमानिया जानेको लागि ताहाचलमा रोमानियन मिशन स्थापना

Friendship Khabar