फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ प्रदेश नं. १

खुम्बुको विकासमा सधैँ लाग्नेछु :- मन्त्री चौधरी

सोलुखुम्बु/सगरमाथाको काखमा अवस्थित पाङ्बोचे बजार आज एकाएक तातेको थियो । त्यसो त संघीय मन्त्री आउने खबर हिजोदेखि नै बाक्लिएको थियो । विहानै देखि चहलपहल थप बढेको थियो । प्रदेश सांसद, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मी मात्र हौसिएका थिएनन् स्थानीयजनतामा पनि खुसियाली छाएको थियो ।
धेरै पछि मन्त्री आउने खबरले उत्साहि बनेका स्थानीयहरु सहरी विकास मन्त्री मेटमणि चौधरीको स्वागतमा ठुलो संख्यामा उपस्थित भएका थिए । र मौसमपनि उसैगरि खुलेको थियो ।
दस बज्यो । औपचारिक कार्यक्रम सुरु भयो । सहरी विकास मन्त्री मेटमणि चौधरीलेखुम्बु पासाङ ल्हामु गाउँपालिका–४,पाङ्बोचेमा नवनिर्मित खुम्जुङ स्वास्थ्य चोकीको उद्घाटन गर्नुभयो ।
सहरी विकास मन्त्रालयका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठले मन्त्रीज्युले पहल गर्नुभएका योजनाहरुमा शतप्रतिसत सहयोग रहने धारणा राख्नुभयो ।
‘सर्वाेच्च शिखर सगरमाथाको काखमा आउन पाउँदा निकै खुसी लागको छ । खुम्बुबासीको माया म भुल्ने छैन । त्यतिमात्र होइन यहाँका जनताले बोलाए पटकपटक आउन तयार छु । यति सुन्दर ठाउँमा पर्यटक भित्र्याउन म पनि लागिपर्ने छु ।’ सहरी मन्त्री चौधरीले भन्नुभयो ।
विकासको काममा दलभन्दा माथि उठ्नुपर्ने धारणा राख्दै मन्त्री चौधरीले भन्नुभयो, ‘भोलि पदमा रहँुला वा नरहँुला तर खुम्बुको विकासमा सधैँ पहल गर्ने छु । यहाँको जनताको विकासको चाहना पुरा गर्न लागिपर्नेछु ।’

कुल ३ करोड ६९ लाख(भ्याट बाहेक)लागतमा निर्मित स्वास्थ्य चौकी सिएम कन्स्ट्रक्सन प्रालि जोरपाटीले निर्माण गरेको हो । १८ महिनामा सम्पन गर्ने भनेर सम्झौता भएको सो भवन ११ महिनामै सम्पन्न गरेकोमा मन्त्री चौधरीले ठेकेदार कम्पनीको प्रशंसा समेत गर्नुभयो । १२ हजार ८७५ फिटको उचाइमा निर्मित सो भवन सम्भवतः नेपालकै सबैभन्दा उचाइमा निर्मित सरकारी भवन हो ।
सहरी मन्त्रीचौधरीले सात सय वर्ष इतिहास भएको पाङ्बोचे गुम्बाको निरिक्षण गर्नुका साथै यसको पुननिर्माणका लागि ७ करोड विनियोजन गर्ने घोषणा समेत गर्नुभएको छ । त्यसैगरि ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नतीका लागि २० करोड, गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि १२ करोड, हिमाली सहर लुक्लालगायत अन्य तीन सहरको विकास विस्तार गर्न र एकीकृत बस्ती विकासकालागि डिपिआर देखि हाइ अल्टिच्युड स्पोर्ट सेन्टर तथा कन्फेरेन्स हल निर्माणका लागि ८ करोड विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ

वडा नम्बर ४कावडा अध्यक्ष लक्ष्मण अधिकारीले कार्यक्रम सन्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद चापागाईले स्वागत मन्तव्य राख्नुभयो । प्रदेश सांसद बुद्धीकुमार राजभण्डारीले खुम्बुको विकासमा विशेष ध्यान दिन मन्त्री चौधरीको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसैगरि गाउँपालिका अध्यक्ष मिङ्मा छिरि शेर्पाले खुम्बु पासाङ् ल्हामु गाउँपालिकाको समग्र विकासमा सहरी विकास मन्त्रालयले विगतदेखि नै सहयोग गर्दै आएकोमा ङिमदोर्जे पर्यटन सडकको स्तरोन्नती गर्न, सांस्कृतिक सम्पदाहरुको पुननिर्माण गर्न र प्रशासनिक भवन निर्माणका लागि थप बजेट विनियिोजन गर्नका लागि माग गर्नुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

SEE परिक्षा भाेलिदेखि, दाेलखाबाट ९७ विद्यालयका विद्यार्थी सहभागी हुँदै

Kedar Dahal

वैदेशिक रोजगारीका विकृति रोक्न श्रम मन्त्री को निर्देशन

Friendship Khabar

लेनदेनका पुराना कागज माघ ११ भित्र प्रमाणित गराईसक्नुपर्ने

Friendship Khabar