फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ राजनीति समाचार

उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन

चरिकोट/हिरण्यराज उप्रेतीको संयोजकत्वमा उज्यालो नेपाल पार्टी दोलखा गठन भएको छ । राजधानीको कोटेश्वरमा भएको भेलाले उप्रेतीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

भेलामा केन्द्रीय सदस्य डा.बिशाल कुमार भण्डारीले दोलखामा पार्टी विस्तारको कार्यलाई निरन्तररुपमा अघि बढ्ने बताउनुभयो । भण्डारीले भन्नुभयो “यो पार्टी जेनजी आन्दोलनको जगमा बनेको पार्टी हो ।

पुराना पुस्ताको ज्ञान र नयाँ पुस्ताको नेतृत्वमा देशको रुपान्तरण गर्न यो महत्वपूर्ण अवसर हो ।“
उज्यालो नेपाल पार्टीको घोषणासभाको पूर्वसन्ध्यामा दोलखाको जिल्ला कमिटी घोषणा भएको हो । दोलखामा कमिटी विस्तार र सदस्यता विस्तारको कार्यलाई तीव्रता दिइने जनाइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रदेश निजामती सेवा र स्थानीय सेवासंग सम्बन्धित विधेयक प्रमाणीकरण,यस्ता छन मुख्य व्यवस्थाहरु

Friendship Khabar

जनसचेतन ३० औं बर्षमा,सहकारी अभियन्ता राष्ट्रिय पुरस्कार केवी उप्रेतीलाई

Nabin Kumar Khatiwada

नेकपा एस केन्द्रिय परिषद बैठक,यी हुन पारित १५ बुँदे प्रस्ताव

Friendship Khabar