फ्रेण्डसिप खबर
गृह पृष्ठ देश बागमती प्रदेश शिक्षा

विदेशि भुमिमा गरेकाे श्रमबाट विद्यार्थीलाई पाेषाक वितरण

केदार दहाल
दाेलखा/वैदेशिक राेजगार तथा उच्च शिक्षा अध्ययनकाे शिलशिलामा दक्षिण काेरियामा रहेका युवाहरुकाे सहयाेगमा दाेलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं ३ मजुवामा रहकाे श्री कालिढुङ्गा मावि मा मंगलबार एक कार्यक्रममा बिच  गाउँपालिका अध्यक्ष छवि लामाले विद्यार्थीहरुलाई ट्रयाक सेट वितरण गरेका छन् ।

बैतेस्वर -३ स्थायी ठेगाना भैइ रोजगारी र अध्ययनको शिलशिलामा दक्षिण काेरियामा रहेका दस जना युवाहरु मिलेर आफुहरुले अध्ययन गरेकाे विद्यालयमा पूर्व विद्यार्थीकाे हैसियतमा आफुहरुले कमाएको पैसाबाट केही रकम संकलन गरि जम्मा रु १६५१००।- बराबरकाे वैतेश्वर ३ मजुवामा रहकाे श्री कालिढुङ्गा मा वि का १४० जना विद्यार्थीहरुलाई ट्रयाक सेट वितरण गरेका हुन्। सहयाेग गर्नेहरुमा वैतेश्वर गाउँपालिका वडा नं ३ पात्ले ठाडेका नवीन लामा, गणेश दहाल, जनक तामाङ, जुम्ल्याहा दिदीबहिनी गंगा दहाल र जमुना दहाल, मनाेज दहाल, तेसैगरि मजुवाबाट कमल दहाल, सुजन गजमेर रहेका छन भने चिलाउनेखर्ककि अस्मिता दहालले पनि सहयाेग गरेकाे कुरा सहयाेगि समुहका पुर्व विद्यार्थी राजकुमार खड्काले जानकारी दिएका छन् । खड्काकाे भनाइ  अनुसार हाम्रो सानो सहयोगले विद्यालयका विद्यार्थी भाइबहिनीको भविष्यमा सकारात्मक प्रभाव पर्नेछ भन्ने विश्वासका साथ हामीले उपहारस्वरूप केही थान कपडा पठाएका छौँ। यस कपडालाई विद्यालयका सम्पूर्ण विद्यार्थीहरूमा वितरण गरिदिनुहुन विनम्र अनुरोध गर्दै
आफ्नो अमूल्य ज्ञान, समय र मिहिनेतद्वारा निरन्तर विद्यार्थीहरूलाई उज्ज्वल भविष्यकाे पनि शुभकामना पनि दिएका छन् ।

कार्यक्रममा पालिका अध्यक्ष छवि लामाले सहयोगी पुर्व विद्यार्थीहरुलाई धन्यवाद दिनुका साथै आगामी दिनहरुमा पनि शैक्षिक क्षेत्रमा सहयाेग गर्नकाे लागि आग्रह गरेका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु

Friendship Khabar

नाम्दुका पुर्व अध्यक्ष उप्रेतीको निधन,१२ बजे अन्तेष्टी

Friendship Khabar

नेकपा (एस) निकट सुकुम्बासी संगठनद्धारा उपमहानगरको ध्यानाकर्षण

Friendship Khabar