फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति स्थानीय समाचार

भारी अन्तरले निर्वाचन जित्दैछौं :-खड्का

दोलखा/नेपाली कांग्रेस दोलखाका प्रभावशाली युवा ताराकुमार खड्काले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धनले भारी मतले विजय हाँसिल गर्ने बताएका छन् ।

मंगलबार जिल्लाका पत्रकारहरुसँग कुरा गर्दै खड्काले भारी अन्तरका साथ दोलखामा लोकतान्त्रिक बाम गठबन्धनले निर्वाचन जित्ने बताएका हुन् । उनले गठबन्धनका पक्षमा उर्लिएको जनसागर देखेरै विपक्षी दलले हार स्विकारीसकेको जनाएका छन् । उनले स्थानीय तहको निर्वाचनमा बिसौं हजार मतले पछि परेको नेकपा एमालेसँग यो पटक प्रतिष्पर्धानै नहुने बताए । कुराकानीका क्रममा नेता खड्काले भने हामी सौहार्दपुर्ण ढंगबाट निर्वाचन जित्छौं गठबन्धनप्रति आम मतदाताको ठुलो भरोसा छ त्यो भरोसालाई आत्मसाथ गर्दै समुन्नत दोलखा निर्माणको खाका बोकेर हाम्रा उम्मेद्वारहरु घरदैलोमा पुग्नुभएको छ । हामा्रे यो अभियान देखेर एमाले अताल्लीएको स्थिती हो । नअताल्लीन आग्रह गर्दै नेता खड्काले भने चित्त नदुखाउनुहोला तपाइहरुले ३० वर्षमा बनाउन नसकेको दोलखा हामी ५ वर्षमा समुन्नत बनाउने छौं ।

आफ्ना कार्यकर्ताहरुलाई निर्देशनात्मक शन्देश दिदै खड्काले आ आफ्ना निर्वाचन स्थलमा सकृयताका साथ खटिन आग्रह समेत गरे । उनले कुनै दलले आर्थिक प्रलोभनमा पार्ने षड्यन्त्र गरेको थाहा पाए शसक्त ढंगले प्रतिपात गर्न समेत कार्यकर्तालाई निर्देशन दिएका छन् । विपक्षी दलका उम्मेद्वारलाई लक्षित गर्दै आर्थिक प्रलोभनमा मतदातालाई पार्ने काम भैरहेको सुचना आइरहेकाले त्यसको सुक्ष्म अध्ययन भैरहेको जनाउदै खड्काले पैसा बाँढेको थाहा पाए वा भेटेको पाइयो भने परिणाम राम्रो नहुने जनाएका छन् । उनले दोलखाका सबै मतदाताहरुलाई मुलुकको निकास , संविधानको रक्षा र दोलखाको विकासका लागि गठबन्धनका साझा उम्मेद्वारहरु प्रतिनिधि सभामा गंगा कार्की प्रदेश सभ क मा कुन्दनराज काफ्ले र प्रदेश ख मा बर्मा लामालाइ मतदान गर्न आग्रह गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हाैसला तथा प्राेत्साहन स्वरुप दिएको अध्यक्ष कार्कीको भनाइ

Friendship Khabar

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

Friendship Khabar