फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार बागमती प्रदेश शिक्षा समाचार स्थानीय समाचार

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

केदार दहाल

वैतेश्वर/ मैनापाेखरि बजारका सफल युवा व्यवसायी एवं फ्रेण्डसिप खबर डट कमका संवाददाता पुष्कर अधिकारीले आफ्नो जन्म दिनकाे अवसरमा आफुले कखरा सिकेकाे विद्यालय वैतेश्वर गाउँपालिका वडा-३ मिर्गे पाइलेमा अवस्थित श्री कालिदेवि आधारभुत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण गरि आफ्नो जन्मदिन मनाएका छन् ।

अधिकारिले जन्मदिनको अवसरमा साथिभाइ जम्मा गरेर खर्च गर्नु भन्दा त्याे खर्च गर्ने रकमले केही नयाँ काम गर्ने साेचका साथ यसपालिकाे जन्मोत्सवमा साना साना विद्यार्थीलाई कापि कलम वितरण गरेर मनाएकाे बताउनुहुन्छ । यसरी वितरण गर्दा अहिलेसम्मकै खुसि प्राप्त भएको महशुस भएकाे बताउनुहुन्छ ।

जन्मोत्सवकाे शुभकामना दिनुहुँदै विद्यालयका सहायक प्र अ तिर्थ ब तामाङले यसरी जन्मोत्सवकाे अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्ने काम पहिलाे भएकोले अधिकारलाई धेरै धेरै धन्यवाद पनि दिनुभएको थियाे ।

आगामि दिनमा पनि यसरिनै नयाँ काममा सहयाेग गरेर आफ्नो जन्मोत्सव मनाउने व्यवसायि अधिकारीकाे भनाइ छ । उनी विगत ९ वर्ष अगाडिदेखि मैनापाेखरि बजारमा अधिकारि फेन्सि स्टाेर्स नामक फेन्सि पसल चलाउदै आएका सफल युवा व्यवसायी हुन् ।

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

याे पढ्न छुटाउनु भयाे की ?

दुर्गम गाउँको उत्पादन बजारीकरणमा सारथी बन्यो सहकारी

Kedar Dahal

सांसद रिजाल द्वारा जिसस भवन शिलान्यास

Nabin Kumar Khatiwada

गाउँ पालिकाकाे स्थायी केन्द्र ताेकेकाे २४ घण्टा नबित्दै वडा अध्यक्ष द्वारा प्रमुखकाे कार्यकक्षमा ताेडफाेड

Friendship Khabar