फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ देश बागमती प्रदेश

दाेलखामा ४ किलाे सुन सहित ५ जना पक्राउ गरि सार्वजनिक

नवीनकुमार खतिवडा 

चरिकोट/दोलखाको विगु गाउँपालिका-३ जामुनेबाट ४ किलाे सुन सहित पक्राउ परेका ५ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय दाेलखाका प्रमुख दिपक खड्काका अनुसार विगू गाउँपालिका ३ कि सीता तमाङकाे घरमा डेरा गरि बस्ने जिल्लाको विगु गाउँपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय केशर तामाङ, साेही स्थान बस्ने १८ वर्षीय पेम्बा  तमाङ र २० वर्षीय माधव मगर रहेका छन।
त्यसैगरी भीमेश्वर नगरपालिका वडा नं ६ चरिकोटकाे शुभकामना हाेटलबाट विगू गाउँपालिका वडा नं १ का ५५ वर्षका नुर्बु शेर्पा र साेही ठाउँकी ४० वर्षकी ३० कि सुनमला तमाङलाई ३० हजार नगद सहित पक्राउ गरेकाे छ । चरिकोटबाट पक्राउ परेका दुवै सुन खरिदका लागि आएकाे प्रहरीको अनुमान छ ।
इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाकाे नेतृत्वमा १० जनाकाे प्रहरी सुन पक्राउ गरेकाे हाे । चिनियाँ नागरिकले पठाएको सुन दाेलखाकै फलाक नाका हुँदै आएकाे हाे । ठूलाे परिमाणमा सुन आएकाे भए तापनि ४ केजी मात्रै फेला परेकाले अभियुक्तहरूलाई जिल्ला अदालत दाेलखाबाट ८ दिन म्याद थप गरि अनुसन्धान गरिरहेको छ

याे पढ्न छुटाउनु भयाे की ?

अब फोहोर व्यवस्थापनको स्थायी समाधान-मन्त्री चौधरी

Friendship Khabar

खिम्ती १ को शेयर स्थानीयलाई उपलब्ध गराउन नेकपा एस दोलखा द्वारा माग

Friendship Khabar

भूकम्प सुरक्षा दिवसमा बागमती प्रदेश प्रमुख शर्माको सन्देश

Friendship Khabar