फ्रेण्डसिप खबर
गृह पृष्ठ

अँध्यारो नाँ लाई उज्यालो काेसेलि सहित पुगे पालिका अध्यक्ष कार्की

केदार दहाल
दोलखाकाे गाैरिशंकर गाउँपालिका वडा नं ९ स्थित नाँ बस्तीमा मंगलवार एक कार्यक्रमका बीच गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले ३० किलोवाट क्षमताको सौर्य मिनिग्रिड परियोजनाको जग खनेर शिलान्यास गरेका छन् । अध्यक्ष कार्किले नाँ मा मलाई पहिलेनै आउन मन लागेकाे थियाे तर काेसेलि के लाने भन्ने कुराले आउन ढिला भएकाे हाे । ढिलै भए पनि तपाईंहरुकाे गाउँ बस्तीकाे अँध्याराे हटाउँदै उज्यालाे बनाउन विद्युत सेवाकाे याेजना लिएर आएको बताउनु भएकाे छ ।

गौरिशंकर गाउँपालिकाको नाँ गाउँमा अहिले सम्म विद्युतको पहुँच पुग्न सकेको थिएन अब विद्युत सेवा पुग्ने भएको छ । लामो समयदेखि अन्धकारमा रहेको नाँ गाउँमा विद्युत सेवा विस्तार हुने भएसँगै स्थानीयबासीमा खुसी छाएको छ ।

आयोजना निर्माणका लागि वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको ३ करोड १४ लाख , जलस्रोत तथा सिँचाइ विकास डिभिजन दोलखाको २५ लाख र गौरीशंकर गाउँपालिकाको ९ लाख ९८ हजार गरी कूल ३ करोड ४८ लाख रुपैयाँ लगानी रहनेछ ।

परियोजनाको शिलान्याससँगै आफ्नो र नाँ बासीको त्यो पुराना दिनलाई बिर्सिएर खुशी हुने दिन आएको भन्दै अध्यक्ष कार्कीले अबको केही महिना भित्रै नाँ गाउँमा फाइवर नेटको पनि पहुँच विस्तार गर्ने प्रतिबद्धता गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

सामाजिक सुरक्षा कोष योगदानकर्ता सापटी निर्देशिका स्वीकृत

Friendship Khabar

जिल्ला सहकारी संघको स्थापना दिवस,दृष्टीविहिनलाई सहयोग

Friendship Khabar

विष्णु पौडेलले राजधानीसँग अर्थमन्त्री साट्नुभयो:-गुरुङ

Friendship Khabar