फ्रेण्डसिप खबर
गृह पृष्ठ

प्राविधिक विषय पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान, हाैसला तथा प्राेत्साहन स्वरुप दिएको अध्यक्ष कार्कीको भनाइ

केदार दहाल

“प्राविधिक शिक्षा आजको आवश्यकता” भन्ने मुल नाराका साथ गौरीशंकर गाउँपालिका दोलखाले दक्ष जनशक्ति उत्पादनको निमित्त विभिन्न प्राविधिक संकायमा अध्ययनरत गरीब तथा जेहेन्दार छात्र छात्राहरुलाई हौसला तथा प्रोत्साहन स्वरुप ५२ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेकाे छ ।

प्राविधिक विषय अन्तर्गत एमबीबी स्नातक तर्फ २ जना लाई प्रति विद्यार्थी २ लाख, एमबीबी आयुर्वेद स्नातक तर्फ १ जनालाई २ लाख, सिभिल इन्जिनियर स्नातकतर्फ १ जनालाई १ लाख, डेन्टक साइन्स स्नातक तर्फ १ जनालाई ५० हजार, वन विज्ञान स्नातकतर्फ १ जनालाई ५० हजार, बीएसजी स्नातकतर्फ १ जनालाई ५० हजार, बीएसजी नर्सिङ स्नातकतर्फ १ जनालाई ५० हजार, सिभिल इन्जिनियर डिप्लोमा ५ जनालाई प्रति विद्यार्थी २५ हजार, बालीविज्ञान डिप्लोमातर्फ ८ जनालाई प्रतिविद्यार्थी २५ हजार, पशु विज्ञान डिप्लोमातर्फ १ जनालाई २५ हजार, पिसिएल नर्सिङ डिप्लोमातर्फ २ जनालाई प्रति विद्यार्थी २५ हजार, एचए डिप्लोमातर्फ २ जनालाई प्रति विद्यार्थी २५ हजार, ल्याब डिप्लोमातर्फ १ जनालाई २५ हजार, कम्युटर इन्जिनियर डिप्लोमातर्फ २५ जनालाई प्रति विद्यार्थी २० हजार गरि कूल ५२ जना विद्यार्थीलाई १९ लाख ५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरिएको हो ।

गाउँपालिका अध्यक्ष कार्कीका अनुसार गरिब तथा जेहेन्दार विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने उदेश्यका साथ गाउँपालिकाले यो कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयाे । छात्रवृत्तिका लागि गत वैशाखमा गाउँपालिकाले सूचना जारी गर्दै दर्खास्त आह्वान गरेको थियो । जसमा ५२ जना विद्यार्थीले आवेदन दिएका थिए । विगतमा आवेदन परेका मध्ये आर्थिक रुपले विपन्न र जेहेन्दार विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति दिने गरिएपनि यसवर्ष भने आवेदन दिएका सवै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस दोलखा काठमाडौ सम्पर्कको अध्यक्षमा बिकल श्रेष्ठ,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

जेसिज दोलखाको झोल साबुन तालिम

Friendship Khabar

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

Friendship Khabar