फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

मेलुङमा सहकारीहरु बीच अन्तरक्रिया,१४ बुँदे साझा प्रतिबद्धता

भेडेपू/दोलखाको मेलुङ गाउँपालिकाले सहकारी नियमन र नियन्त्रणका लागि सक्रियता देखाएको छ ।

गाउँपालिकाले बुधबार गाउँपालिका भित्रका सहकारी सञ्चालक र व्यवस्थापकहरूकाे भेला गरि १४ बुँदे प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेकाे छ । प्रतिबद्धतामा गाउँपालिकाका पदाधिकारी,जिल्ला सहकारी संघ तथा बचत सहकारी संघ र प्रारम्भिक सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिले हस्ताक्षर गरेका छन।
सहकारी ऐन नियमावलीकाे पूर्ण पालना गर्दै नियमित रूपमा प्रतिवेदन पेश गर्ने र अनुगमन गर्ने भएका छन् । दर्ता गरेर निष्कृय रहेका सहकारी सञ्चालनमा प्राेत्साहित गर्ने र सञ्चालन गर्न नसक्नेलाई एकीकरण वा खारेजी गर्ने भएकाे छ ।

पछिल्लो समय सहकारीमा समस्या देखिन थालेपछि नियमनका लागि गाउँपालिका सक्रिय भएको गाउँपालिका अध्यक्ष हिरा कुमार थोकरले बताउनुभयो  । अध्यक्ष थोकरले वचतकर्ताकाे वचत सुरक्षा र ग्रामीण अर्थतन्त्र विकासमा सहकारीलाई सक्रिय बनाउन गाउँपालिका लागि परेको बताउनुभएको छ । सहकारी क्षेत्र थप व्यवस्थित र समयानुकूल बनाउन सहकारी ऐनलाई  संशाेधन र नियमावली निर्माण गर्न लागेको पनि जानकारी गराउनुभएको छ।
भेलाले सहकारीको सुरक्षाका लागि सहकारी संस्थाले भल्ट व्यवस्थापन, नगद व्यवस्थापन र बीमा अनिवार्य रूपमा गर्नु पर्ने प्रतिबद्धतामा उल्लेख छ । ऐन,नियम र  निर्देशनकाे बेवास्ता गरेर सुरक्षाका उपाय नअपनाई सहकारी चाेरी भएमा चाेरी बराबरकाे रकम सञ्चालक समिति,लेखा समिति र कर्मचारी जिम्मेवार हुनुपर्ने समेत उल्लेख छ ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गायत्री आचार्य, जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा,दोलखा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जगत सुवेदी,जिल्ला सहकारी संघका महासचिव दिलबहादुर केसी,दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष पर्शुराम कार्की,वडाध्यक्षहरू ईश्वर कोइराला ,रामकृष्ण भण्डारी,सोम बम्जन,ललित मगर,प्रमुख प्रशासकीय अधिकृत संजय शिवाकोटी ,सहकारी शाखा प्रमुख रामकाजी काफ्ले,सहकारीकर्मीहरू,प्रारम्भिक सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिले सहकारीका समस्या र समाधानका उपायमा आफ्नो सुझाव दिएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

जिविकोपार्जनका लागी विपन्न परिवारलाई बंगुरको पाँठा बितरण

Friendship Khabar

एस.एस.एस फाउन्डेसन द्वारा वैतेश्वरका विद्यार्थीहरूलाई झोला बितरण

Rajkumar Dahal

राष्ट्र, स्वास्थ्य र विकासकाे लागि खेलकुद भन्ने मुल नाराका साथ जिरी च्याम्पियनसिप २०८० भाेलिबाट शुरु

Kedar Dahal