फ्रेण्डसिप खबर
गृह पृष्ठ लेख तथा रचना

राजनीतिमा सुधार र समृद्धि निर्माणका आधार

बिदुर प्रसाद दहाल

देशले जहानिया शासनबाट मुक्ति पाएको ७१ बर्ष बितेछ। यस बिचमा अनेकौ राजनीतिक अभ्यास भए। एक दलित ब्यवस्था, बहुदलीय ब्यबस्था, राजा सहितको ब्यवस्था, गणतन्त्र आदि आदि। ७१ बर्ष मा केही भएन भन्ने होइन, मात्र बिकासको गति र रफ्तार सुस्त भयो भन्ने हो । नेपालकै हाराहारीमा रहेका थाइल्यान्ड , मलेसिया, कम्बोडिया ,दुबई कहाँ पुगे ?? टाढाको कुरा किन गर्नु बङ्गलादेश,भुटान आदिले समेत नेपालाई उछिने।किन यस्तो भयो? किन बिकास सुस्त भयो? यसको कारण खोज्नु जरुरी छ।

बिकास र समृद्धिका लागि ब्यवस्था ठिक र बेठिक होइन रहेछ; प्रवृत्ति र सस्कार महत्त्वपूर्ण रहेछ ।प्रजातन्त्रका नाममा हुने छाडातन्त्र र लुटतन्त्र बढी खराब रहेछ्न। नेपाल अहिले यसैबाट ग्रसित छ।संघीयता सहितको वर्तमान ब्यवस्थाले झन अनेकौ छोटे राजाहरु जन्मायो।गाउँ- गाउँमा अधिकार र कर्तव्य सहितको सिहदरवार बनेन, छोटे राजाहरुको दरवार बन्यो। नागरिकहरुले बिकास र समृद्धिको अनुभूति गर्न सकेनन् । गुणस्तरीय जीवनको अनुभूति गर्न सकेनन। परिवर्तन के गर्ने त?

१) गणतन्त्रको विकल्प गणतन्त्र नै हो।

२) भीमकाय स्वरुपको सङ्घियताको बिकल्प सानो स्वरुप/सङ्ख्याको सङ्घियता हो।

३) नियम भन्दा नियत र सस्कार परिवर्तन बढी महत्त्व पूर्ण हो।

# गर्ने के त ?

धेरै पैसा खर्च गर्नु पर्दैन केवल केही संरचना, केही नीति , केही प्रणाली र आम रुपमा सस्कार परिवर्तन गरे पुग्छ। नेपाल जस्तो सानो, स्रोत साधनले भरिपूर्ण मुलुक ५ बर्षमा बिकसित हुन सक्छ।यो त राजनीतिले गिजोलेर बिग्रेको देश हो। निम्न सुधार भएमा परिवर्तन छिटो सम्भब छ-

१) राजनीतिक पार्टीहरु क्याडर बेसबाट मास बेसमा रुपान्तरण हुनु पर्छ । सकिन्न लाखौ कार्यकर्ता त्यतिकै बर्षौ पाल्न !!।राजनीति काम होइन, सेवा हो तसर्थ धेरै नेता : धेरै कार्यकर्ता धान्दैन राज्यले ।

२) पार्टीको नीति र कार्य प्रणालीलाई पार्टी छनौटको बिषय बनाइनु पर्छ ।

३) बारै मास राजनीतिक गर्ने, उत्पादन मूलक काम नगर्ने , देशको स्रोत साधन दोहन गर्ने लाखौ लाख कार्यकर्ता पाल्ने पद्धति बन्द गर्नु पर्छ। जहाँ पनि संगठन जस्तो ;शिक्षकको संगठन ,पुजारीको संगठन बनाउने जस्ता बिकृत पूर्ण काम रोकिनु पर्छ।पेशागत र भातृ संगठन बनाएर पार्टी बलियो त होला तर त्यसले हित गर्दैन। यसले झन सुशासन कमजोर बनाउछ ।

४) वर्तमान निर्वाचन प्रणाली परिवर्तन गरि प्रत्यक्ष राष्ट्रपति वा प्रधानमन्त्रीय प्रणालिमा जानू पर्छ।

५) केन्द्रियदेखि स्थानीय तह सम्मको प्रतिनिधित्व सङ्ख्या आधा भन्दा बढी घटाउनु पर्छ।

६) शिक्षक – कर्मचारीलाई/राष्ट्र सेवकलाई प्रत्यक्ष पार्टीगत राजनीतिमा लाग्ने छुट दिनु हुदैन। उनीहरुका भातृ संगठन खारेज गर्नु पर्छ।

७) नेतादेखी कार्यकर्ता सम्मले आफ्नो आत्मा मुल्यांकन र आत्मा समिक्षा गर्नु पर्छ। के मैले ठिक गरिरहेको छु?….

८) सानादेखी ठूला सम्म, केन्द्र देखि स्थानिय तह सम्मको भ्रष्टाचारलाई दण्ड्निय र सामाजिक बहिस्कारको बिषय बनाइनु पर्छ।

यसर्थ , गणतन्त्र /प्रजातन्त्र कुनै खराब होइन, खराब त हाम्रो नियत हो; सस्कार हो।यहि राजानिति, यहि सस्कार,र यहि प्रवृत्तिले देशको रुपान्तरण र समृद्धि असम्भब छ। तेसैले प्रवृत्ति, सस्कार , नितिगत परिवर्तन तथा प्रणालीगत सुधारले मात्र बिकास र समृद्धि सम्भब छ।सबैले आत्मा समिक्षा गरौ।

(लेखक त्रि.बि.मा कार्यरत हुनुहुन्छ )

याे पढ्न छुटाउनु भयाे की ?

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar

नेपालको राजनैतिक इतिहास र केपी ओलीको ऎतिहासिक भुल

Friendship Khabar

१० पर्यटक ना गाउँमा अलपत्र

Friendship Khabar