फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति

बलेफी गाउँपालिका अध्यक्ष द्वारा एमाले परित्याग

सिन्धुपाल्चोक/नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री ले एमाले परित्याग गरेको घोषणा गरेका छ्न। बुधबार पत्रकार सम्मेलन गर्दै क्षेत्रीले नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन।सिन्धुपाल्चोकमा चर्चित लोकप्रिय युवा नेताको रुपमा परिचित क्षेत्री पार्टीको जिल्ला कमिटी अध्यक्षका दावेदार थिए।अध्यक्षको प्रतिस्पर्धामा रहेका बिच सहमति जुटाउने प्रयास स्वरुप लामो समय सिन्धुपाल्चोक एमालेको नयाँ नेतृत्व घोषणा गर्न सकेको थिएन।सिन्धुपाल्चोक अध्यक्षमा कमल नेपाल घोषणा भएसंगै नेता केदार क्षेत्री अशंन्तुष्ठ रहेका थिए। नेकपा एमालेमा एकपछी अर्को गर्दै नेता कार्यकर्ताहरुले पार्टी छोड्ने क्रम बढेको छ।

नेता केदार क्षेत्रीले बिज्ञप्तीमा लेखेका छ्न “म आज दुःखी र खुसी छु,दुःखी यस अर्थमा कि २०३८ सालामा कक्षा ५ मा अध्ययन गर्दा आदरणीय गुरू अरूण नेपालको प्रभावमा अनेरास्ववियुमा संगठीत हुदै अनेरास्ववियु जिल्ला अध्यक्ष देखि अञ्चल कमिटी सदस्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुदै वागमती प्रदेश कमिटीको सदस्य हुदै पार्टीको नवौ र दशौ महाधिवेशनमा राष्ट्रिय प्रतिनिधि परिषद सदस्यमा निर्वाचीत भएको थिए । संसदीय फाँटमा तत्कालिन जिल्ला विकास समितिको सदस्य र हाल बलेफी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचीत भएको सबैलाई सर्वविदीतै छ । तत्कालिन स्थानीय विकास मन्त्री अमृतकुमार बोहराका स्वकीय सचिवको जिम्मेवारीमा समेत रहेर कार्य गरेको जानकारी गराउँदछु ।

यति लामो समयसम्म आवद्ध भएको नेकपा एमाले पार्टी परित्याग गर्दै गरेको यो विज्ञप्ती मार्फत जानकारी गराउदै गर्दा मलाई दुःख लागेको छ । खुसी यो अर्थमा की पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकाडी, चाप्लुसी र व्यक्तिबादी प्रवृत्ति, नातावाद जस्ता क्रियाकलप पछिल्लो दिनमा नेकपा एमाले भित्र मौलाउदै गएको छ । यो सबै बाट आजदेखि मुक्त भएको घोषणा गर्दे गर्दा मलाई खुसी लागेको छ । नेकपा एमालेको नवौ जिल्ला अधिवेशनको सन्दर्भमा समेत मैले अध्यक्ष पदमा उमेदवारी दिएको थिए । अध्यक्षमण्डलले सर्वसम्मत बनाउन प्रायस गरेपछि मैले सर्वसहमतीमा बाधक नबन्ने निर्णय गरे तर मैले अध्यक्ष पद छाडदै अध्यक्ष मण्डलका कुनै पनि नेताहरूले जिल्ला नेतृत्वको विषयमा छलफल समेत भएन । म बलेफी गाउँपालिकाको पार्टीको इञ्चार्ज भएपनि मसँग कुनै सरसल्ला नगरेर एकलौटी रूपमा जिल्ला सदस्यहरूको फाइनल गरियो । बलेफी गाउँपालिकाबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गराउदा समेत पार्टीलाई सधै चुनावमा जिताउन महत्वपुर्ण भुमिका खेल्ने क्षेत्रका नेताहरू माथी गम्भीर अन्याय भएको छ। म आफै इञ्चार्ज भएपनि यो सबै टुलुटुलु हेर्न बाध्य भए । पार्टीको सपथ ग्रहण कार्यक्रममा समेत एमालेका केन्द्रीय सदस्य सरेश नेपालले अपमानीत गर्नु भयो । राजनीतिक रूपमा यसरी सधै अपमानीत भएर बस्न सक्ने अवस्था रहेन । स्थानीय निर्वाचन २०७४ मा म नेकपा एमालेको तर्फबाट उमेदवार भएर अध्यक्षमा निर्वाचीत गराउन महत्वपुर्ण भुमिका खेल्ने बलेफी गाउँपालिकाका सम्पुर्ण मतदाता प्रति हार्दिक अभार व्यक्त गर्दछु नेकपा एमाले बाट अलग भएपनि यहाँहरू सँग सक्रिय राजनीति मार्फत नै पुन भेटघाट हुने नै छ मनसाटासाट हुने नै छ अहिले पार्टी बाट अलग भएको मात्रै हो तर सक्रिय राजनीति बाट होइन । नेकपा एमालेको नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचीत हुनु भएका मेरा परम मित्र कमल नेपाललाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । अहिले पनि मेरो मुख्य जोड बामपन्थी एकतामा नै रहेको छ । बामपन्थी एकताबाट मात्रै सिन्धुवासीलाई सुःखी र खुसी राख्न सकिन्छ त्यसैले नवनिर्वाचीत अध्यक्ष ज्युलाई बामपन्थी एकता कायम राखेर अघि बढ्नका लागि पनि म आग्रह गर्दछु । मलाई थाहा छ इतिहाँस विजयी हुनेहरूको मात्रै लेखीन्छ । म जे गर्छु म कसैलाई हराउनका लागि मात्रै गर्दीन जितका लागि पनि राजनीति गर्छ । आगमी दिनको राजनीतिक यात्रा तय गर्दा मलाई हिजोका दिनमा विश्वास, माया गर्ने समर्थन गर्ने सबैसँग गम्भीर छलफल पछि मात्रै यात्रा तय गर्ने छु । धन्यवाद”।

याे पढ्न छुटाउनु भयाे की ?

कालिञ्चाेक गाउँपालिकाले एक व्यक्ति एक सहकारी नीती कार्यान्वय गर्ने

Friendship Khabar

बालगृहमा मनाइयो राष्ट्रिय झन्डा दिवस

Friendship Khabar

समाजबादी सहकारी संगठनको अध्यक्षमा अर्याल

Nabin Kumar Khatiwada