फ्रेण्डसिप खबर
समाचार

चरिकोट अस्पताललाई ‘पशुपति चौंलागाई स्मृति अस्पताल’ नामाकरण गरिने

वैतेश्वर,दोलखा । बागमती प्रदेश सरकारले दोलखाको चरिकोट प्रादेशिक अस्पताललाई पशुपति चौलागाई स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको बागमती प्रदेशको मन्त्रीपरिषदको बैठकले अस्पतालको नाम शंसोधन गर्ने निर्णय गरेको हो ।दोलखा जिल्लाबाट प्रदेश सभाको सदस्यमा नेकपा एमालेवाटबाट निर्वाचित सांसद चौलागाईको स्मृतिमा अस्पतालको नामाकरण गर्ने निर्णय भएको हो ।

सांसद चौलागाईको कोरोना संक्रमणका कारण गत बैशाख २८ गते उपचारका क्रममा काठमाडौको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो ।

बागमती प्रदेश सरकारले यसअघि पनि चरिकोट अस्पतालको नामाकरण स्वर्गीय सांसद पशुपति चौंलागाई स्मृति अस्पताल राख्ने भनेपनि कार्यान्वयन हुन नसके पनि हाल प्रदेश सभाको बैठकमा तत्काल कार्यान्वयन गर्ने गरी मन्त्री परिषद बैठकवाट निर्णय गरिएको हो ।

याे पढ्न छुटाउनु भयाे की ?

माओवादी केन्द्रको बन्दसत्र आजबाट

sanjeet

जलवायु परिवर्तन सम्बन्धि सन्देशसँगै विश्व साइकल यात्रामा दाेलखाका कार्कि

Kedar Dahal

वडाध्यक्षले गराए आफ्नै खर्चबाट जेष्ठ नागरिकलाई राष्ट्रप्रमुखसँग भेट

Friendship Khabar