मैनापोखरी/जनसचेतन बचत तथा ऋण सहकारी संस्था द्वारा ६२६ जना सदस्य तथा गैर सदस्य लाई वित्तीय साक्षरता प्रदान गरेको छ। जिल्लाको उत्तरी क्षेत्र बिगु गाउँपालिका र कालिन्चोक गाउँपालिकाका विभिन्न स्थानमा वित्तीय साक्षरता तथा सहकारी शिक्षा शिविर सन्चालन गरेको हो। शिक्षा शिविर बिगु गाउँपालिकाको बुलुङ्ग, लादुक चित्रे, लादुक घरबास टोल, चिलंखा, विगु, थामिचागु र कालिन्चोक गाउँपालिकाको तारेभीर, दुम्सिझाङ्ग रबेगुम्पामाका सदस्य तथा गैर सदस्यहरुलाई सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रदान गरिएको संस्थाका वरिष्ठ उपाध्यक्ष एवं शिक्षा उपसमिति संयोजक गोपालध्वज श्रेष्ठले जानकारी दिनुभयो।

तालिममा सहकारी संञ्चालनमा शुसासन,सदस्यको अार्थीक पछ्याैटेपनकाे निवारण, जनसचेतनकाे सुरक्षित बचत काे अवधारणा लगाएतका बिषयमा प्रशिक्षण दिएको संयोजक श्रेष्ठले जानकारी दिनुभयो।

तालिमको सहजीकरण शिक्षा उपसमिति संयोजक गोपाल ध्वज श्रेष्ठ, ऋण अधिकृत राजेन्द्र प्रसाद ढुङ्गेल, जनसंपर्क प्रमुख राजन दहाल सिंगटी, सुरि र साङ्वा सेवा केन्द्र प्रमुख ले सहजीकरण गर्नुभएको थियो।

०७८ माघ मसान्त सम्म जम्मा ३५२९८ सदस्य, २ अर्व २७ कराेड पुँजी र दोलखा, काभ्रेपलाञ्चाेक, काठमाडौ, भक्तपुर र ललितपुर समेत ५ जिल्ला कार्यक्षेत्र भएको यस जनसचेतन साकाेसले दोलखाको उत्तरी क्षेत्र बिगु,कालिन्चोक र गौरीशंकरमा आफ्नो सेवाक्षेत्र बिस्तार गरिरहेको छ।