फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

‘श्रमिकसँग श्रम मन्त्री’पहिलो दिन एकघण्टा श्रमिकका गुनासा

काठमाडौं/श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गर्नु भएको छ ।
आज पहिलो दिन उहाँले कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत प्रत्यक्ष श्रमिकहरुका गुनासा र जिज्ञासाहरु सुन्दै कार्यक्रमको सुरुवात गर्नु भएको हो । आजदेखि प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकहरूको गुनासा सुन्ने र तिनका सामाधनका लागि पहल गर्नु हुने छ ।
आज पहिलो दिन मन्त्री कुँवरसंग फोनमार्फत प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका छन् । जसलाई मन्त्री कुँवरले संवोधन गर्नु भएको छ ।
आजको कार्यक्रममा विशेष गरी मलेशियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए ।
उनीहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री कुँवरले मन्त्राल श्रमिकको पक्षमा भएको जानकारी गराउदैं ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा गठिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताउनु भएको छ ।
मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।
श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।
मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा  कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

चरिकोटमा आधारभुत सहकारी लेखापालन तालीम

Friendship Khabar

मुख कुल्ला गर्नुपर्छ भन्नेलाई समाजवादी बास्ना आउन थाल्यो:-नेपाल

Friendship Khabar

कटुवाचौरमा आगलागी करोडौंको क्षति

Friendship Khabar