शहर खास गरि राजधानीमा थामी नसक्नु मानिसको चाप छ,पहाडी बस्तिहरु रित्तिदै छ्न।गाउँ पालिकाका वडाहरुमा मानिसहरूको सङ्ख्या हजारबाट सयमा झर्न थालेको छ। बास्तबमा गाउँमा देखिएको जनसंख्या कागजी मात्र हो।अधिकाम्सको बसोबास सहरी क्षेत्रमा हुन थालेको छ। गाउमा केवल पुराना पुस्ताका बा -आमा घर धुवाएर बसेका छ्न।कुन दिन छोराछोरीले सहर वा बिदेश लान्छ्न त्यो पनि टुङो छैन।त्यसो भएमा गाउँ थप निर्जन हुने छ।
युवाहरु सहर तथा बिदेशमा छ्न।उनिहरु गाउमा बस्ने मुडमा छैनन!!गाउमा आफ्नो भबिश्य देखिरहेका छैनन।गुणस्तरीय जीवन उनिहरुको खोजिको बिषय हो।गाउँमा बनेका बिकासका पूर्वाधार ( बिध्यालयहरु, स्वास्थ केन्द्रहरु , सिंचाइका कुलोहरु, खानेपानीका संरचना…)मा गरिएको लगानी प्रयोजन बिहिन बन्दै छ। स्कुलहरु बन्द हुने र मर्ज हुने अवस्थामा पुगेका छ्न।यो एउटा गाउँ र एउटा ठाउँको समस्या होइन।अधिकाम्स पहाडी र हिमाली क्षेत्रको चित्र हो।
२०४६ सालपछी हिमाली र पहाडी क्षेत्रबाट जनसंख्याको स्थान्तरण सहर र तराईमा केन्द्रित हुन थाल्यो।माओवादी बिद्रोहले त्यसलाई थप मलजल गर्यो। यो सबै असन्तुलित बिकासको परिणाम थियो/हो।बिकासमा असन्तुलनको गति अझै यस्तै रहने हो भने गाउँ बस्तिहरु खण्डहरमा परिणत हुने निश्चित छ्।प्रजनन दरमा आएको गिरावट र तिब्र गाउँ छोड्नेको लर्कोले राज्यको नितिलाई चुनौती दिदैछ।राज्यको निति ग्रामीण बिकास हो वा ग्रामीण सहरीकरण ?? प्रष्ट हुनु जरुरी छ। नितिहरुमा प्रष्ट नहुदा सम्म गाउँ बस्तिहरु अझ पातलिदै जाने छ्न!!बस्तीहरु निर्जन र खण्डहर बन्ने छ्न!!
अवको नीति के हुनु पर्छ त!!
1)सिमित स्रोत साधनले ग्रामीण बिकास भन्दा ग्रामीण सहरीकरण गर्न सस्तो र सहज हुन्छ। यो नै उपयुक्त हुन्छ।
2) केन्द्रिय तथा स्थानीय सरकारहरुले उपयुक्त क्षेत्र छनौट गरि बस्ती बिकास गर्नु पर्छ।ग्रामीण सहरिकरणका लागि उत्प्रेरित गर्नु पर्छ।
3) रोजगारीका व्यापक अवसर सिर्जना गर्नु पर्छ।कृषिमा व्यापक रुपान्तरण गर्नु पर्छ। औद्योगिक वातावरण तयार गर्नु पर्छ।
4) छरेर गरिने लगानी एकत्रित गर्न सकेमा तिब्र बिकास हुन्छ।जनताको जीवनस्तर गुणस्तरीय हुन्छ।खोजेको यहि हो।
5) स्थानियको जग्गा जमिनलाई बन जङ्गलको जमिनसग साटफेर गर्ने नीति बनाउनु पर्छ।
5) केही घरमा बिकासका पूर्वाधार पुर्याउनु भन्दा बस्ती स्थानान्तरण सस्तो पर्न जान्छ। त्यो खालको नीति बनाउनु पर्छ।
6) राज्यले ग्रामिण सहरीकरणको नीतिलाई प्राथमिकतामा राख्नु पर्छ।अन्यथा ठुला सहरमा अब्यब्स्थापन अझ बढ्दै जान्छ।
7) राम्रो कुरा होइन; तर सहरमा थप अब्यव्स्थापन बढ्दै गएमा सहरलाई महङो बनाई मानिसलाई गाउ फर्कन बाध्य पार्नु पर्छ। तर यो चिनको असफल सास्कृतिक क्रान्ती जस्तै हुन सक्छ!!
बास्तबमा जनसंख्याको यो असन्तुलन मिलाउन र सन्तुलित बिकास गर्नका लागि सबै तहका सरकारले ग्रामीण सहरीकरणमा नै बिशेश जोड दिनु राम्रो हुन्छ। आजको आवश्यकता पनि यहि हो।राम्रो शिक्षा, स्वास्थ्य र रोजगार आफ्नै गाउँ बस्तिमा पाउने हो भने मानिस भौतारिएर सहर पस्दैन। बिदेश जादैन!!आफ्नै गाउँ बस्ती प्यारो हुन्छ।त्यही रमाउन सक्छ!!…..यसो गरे कसो होला??