फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

वैतेश्वरको मतदाता १७ हजार बढि,वडा नं ३ मिर्गे पहिलो

पुष्कर अधिकारी

मैनापोखरी/दोलखाको वैतेश्वर गाउँपालिकाको कुल मतदाता संख्या १७ हजार ४ सय ५८ पुगेका छ्न।

निर्वाचन आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गरी अन्तिम नामावली तयारी गर्ने कार्य अन्तर्गत वैतेश्वर गाउँपालिकाको कुल मतदाता संख्या १७ हजार ४सय ५८ रहेको जानकारी दिएको छ।

वैतेश्वरका ८ वडा मध्य सवै भन्दा धेरै २ हजार ७ सय ४ जना मतदाता वडा नं ३ मिर्गेमा रहेका छन भने सवैभन्दा कम १ हजार ८ सय ५२ वडा नं ५ मैनापोखरीमा रहेका छन।निर्वाचन कार्यालय दोलखा का अनुसार वैतेश्वर को वडा नं १ गैरिमुदी २०१४ जना,वडा नं २ पुतलिकाठ १९४८,वडा नं ३ मिर्गे २७०४,वडा नं ४ काब्रे २३४८,वडा नं ५ मैनापोखरी १८५२,वडा नं ६ नाम्दु २५२८,वडा नं ७ मार्वु २०३६,वडा नं ८ क्षेत्रपा २०२८ मतदाता रहेका छ्न।

मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि संवत् २०७८ माघ २४ गतेसम्म मतदाता नामावलीको लागि नाम संकलन भई २०७९ वैशाख २९ गतेसम्म अठार (१८) वर्ष उमेर पुगेका व्यक्तिहरुको “मतदाता नामावली अद्यावधिक गरि सार्वजनिक गरिएको र दावी विरोधका लागि २०७८ फागुन १९ गते देखि देखि फागुन २६ गतेसम्म संचालन हुने समेत निर्वाचन आयोग ले जनाएको छ।

फागुन २६ गते सम्म संचालन हुने “मतदाता नामावली अद्यावधिक (दावी विरोध समेत) कार्यक्रम २०७८” कार्यक्रमको दफा ४ को उपदफा ४.१ अनुसार उक्त सूचना सबै स्थानीय तहको वडा कार्यालयमा प्रकाशित गर्ने छ। साथै मतदाता नामावलीमा समावेश भएका मतदाताहरुलाई दावी विरोध प्रयोजनको लागी कार्यक्रममा उल्लेखित समायावधि भित्र सार्वजनिक विदाको दिन समेत आफ्नो नाम हेर्न पाउने व्यवस्था गरिएको निर्वाचन कार्यालय ले जानकारी दिएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

जिरी अस्पतालका समस्या बारे स्वास्थ मन्त्री लाई ध्यानाकर्षण

Friendship Khabar

एकै दिन अरनिको यातायातका २ बस दुर्घटनामा, किन बढ्दैछ दुर्घटना

Friendship Khabar

बजेटमा युवा प्राथमिकतामा तन्नेरी चासोको डिवेट कार्यक्रम

Friendship Khabar