फ्रेण्डसिप खबर
गृह पृष्ठ

एकै दिन अरनिको यातायातका २ बस दुर्घटनामा, किन बढ्दैछ दुर्घटना

केदार दहाल

दाेलखा/वैतेश्वर गाउपालिकाकाे गैरिमुदि जोरमाने देखि काठमाडौं जादै गरेको बा २ ख ५४२९ नम्बरको बस आज विहान पालिकाकाे वडा नं. १ गोपिखोलामा दुर्घटना भएको छ । उक्त बसमामा सवार २२ जना यात्रु घाइते भएका छन्। घाइतेको तत्काल उद्दार गरी सदरमुकाम चरिकोट स्थित च्छाेराेल्पा अस्पतालमा उपचार भईरहेकाे छ । घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेकोे प्रहरीले जनाएको छ । बस गोपि खोलाकाे माेडमा तीब्र गतिको कारण घुम्ती मोड्ने क्रममा दुर्घटना परेको हो।

तेसै गरि आज विहानै दोलखाबाट काठमाडौं गइरहेको बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको यात्रुबस खाडिचाैरमा दुर्घटना भएकाे छ । त्यस बसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । बस ब्रेक फेल भएर अनियन्त्रित भएपछि खाडीचौर पुलबाट सिधै व्यवसायीको कपडा पसलमा गएर ठोक्किएको थियोे । बीच बजारमा एकाएक बस ठोक्किएपछि स्थानीयहरु तर्सिएका थिए । एक्कासि पसलमा ठोक्किँदा ८ जना यात्रुहरु घाइते भएका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

उपभोक्तालाई दुर्व्यवहार गर्ने हाकिम धिरेन्द्रलाई चेतावनी

Friendship Khabar

छिमेकीलाई रुष्ट बनाउन खोज्यौं भने दुर्भाग्य हुनेछ:-खनाल

Friendship Khabar

प्रगतिशील शिक्षक द्वारा बालगृहमा सहयोग तथा अन्तरक्रिया

Friendship Khabar