फ्रेण्डसिप खबर
गृह पृष्ठ लेख तथा रचना

समाज रुपान्तरणमा सहकारी – कति संभव ?

सरकारको ३ खम्बे अर्थनीति छ।सरकारी , निजि र सहकारी । नेपालमा सहकारीको इतिहास 7 दशकभन्दा लामो भएता पनि यसको व्यापक फैलावट २०४८ सालपछि भएको हो।अहिले देशका दूरदरजमा पनि विभिन्न खालका सहकारी स्थापना भएका छ।मूलत कृषि सहकारी , बहुउद्देश्यीय सहकारी र बचत सहकारी प्रचलनमा छ्न। कतै कतै सहकारी भनेकै रुपैया पैसा बचत गर्ने सस्था हो कि भन्ने आम मानिसको बुझाई छ।बास्तबमा सहकारी को तीब्र बिकाससगै स्थान बिशेष, बर्ग बिशेषका बचत समूह(जुन दर्ता गरिएका हुदैनन)स्थापना भएका छ्न।

पूजी परिचालनमा यस्ता संस्थाहरुले ठूलो सहयोग गरेको छन। मूलतः साहुसग तमसुक गरि रुपैया पैसा , सर-सामान ,खाद्यान्न लिनु पर्ने २/३ दशक अगाडिको प्रणालीलाई सहकारीले भत्काएकै हो।गरीबहरुलाई ठगिनबाट जोगाएकै हो।दूरदराजमा बैक नपुगेको र बैकिङ प्रणाली अलि झन्झटिलो हुदा मानिसहरुको आकर्षण सहकारी तिर बढेकै हो।यहि सहकारीलाई राष्ट्र निर्माणको बलियो खम्बा बनाउन सकिन्छ।

सहकारी ग्रामीण जीवनको एउटा अभिन्न अङ्गमात्र होइन; जबर्जस्त बिकास भएको “परिवर्तनको सम्बाहक “हो।यसले पछौटेपन, अशिक्षा, सामाजिक कुरिति,अबिकासको बिरुद्धमा धावा बोल्नु पर्छ।समाजको रुपान्तरण र बिकासमा यसले टेवा पुर्याउनु पर्छ। # सहकारीहरुले गरेका कामहरु– केही नहुनुभन्दा हुनु नै राम्रो भने झै ;तमसुकको युगबाट मौद्रिक प्रणालीमा ल्याउन सहकारीले ठूलै भूमिका खेलेका छन।मानिसका सानातिना गर्जो स्थानिय स्तरमै टार्न सहयोगी बनेका छ्न।

# सहकारीका सकारात्मक पाटाहरु निम्न छ्न

*साहु -महाजन र बिचौलियाको ठ्गि कम भएको छ्।
*बचत गर्नु पर्छ भन्ने भावना बढेको छ
* सहकारीको माद्यमबाट काम गर्नु पर्छ भन्ने चेतना बढेको छ।
* स्थानीय नेतृत्व निर्माणमा भूमिका खेलेको छ।
*राष्ट्रिय पूजी निर्माणमा सघाएको छ।
*सचेतना वृद्धि गराएको छ
* सानै भए पनि सामाजिक दायित्व जस्तो अन्तिम सस्कार खर्च, छात्रवृत्ति , बिपदमा सहयोग….

# सहकारीले गर्नु पर्ने कामहरु

सहकारीले गर्नु पर्ने काम धेरै भएता पनि एउटा काम बचत गर्नु र त्यसलाई परिचालन गर्नु हो।
कृषि सहकारी र बहुउद्देश्यीय सहकारीको क्षेत्रमा कम काम भएको छ।यसलाई व्यापक बनाउनु जरुरी छ।ग्रामिण समाजको रुपान्तरण सहकारीहरुले छिटो गर्न सक्छन।किनकी त्यहा अपन्त्व हुन्छ।आवस्यकताको पहिचान सहजै हुन्छ।

* राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुर्याउने तर्फ ध्यान पुर्याउनु पर्छ
*बचतलाई गरिबी निवारणमा प्रयोग गर्नु पर्छ।
*बचतलाई उत्पादन मूलक क्षेत्रमा परिचालन गर्नु पर्छ।
* रोजगारी सिर्जनामा सघाउनु पर्छ।
*अनुत्पादक/ फजुल खर्चमा कडाइको निति लिनु पर्छ।
* सहकारीले सचेतना बढाउन थप भूमिका खेल्नु पर्छ।
* स्थानीय उद्योग प्रबन्धन ,खनिज पदार्थको उत्खनन तथा प्रशोधनमा आदिमा लगानी र सहजीकरण गर्नु पर्छ।
*सहकारीले स्थानीय टाठाबाठालाई भन्दा निमुखालाई प्राथमिकतामा राख्नु पर्छ।
* ग्रामीण बिकास र कृषिमा रुपान्तरणलाई प्राथमिकतामा राख्नु पर्छ।

अन्तमा, सहकारी क्षेत्रमा बिकृती र समस्या नभएका होइनन्; सूक्ष्म निगरानी प्रणाली , कम्युटरकृत हिसाब किताब तथा लेखापरीक्षणलाई थप बलियो बनाउनु पर्छ।उनीहरुको बचतले उनिहरुलाई नै धनी र सक्षम बनाउने कार्यक्रम बनाउनु पर्छ। यसर्थ , देखिएका कमि कमजोरी न्यूनीकरण गर्दै सहकारी सन्जाल मार्फत राष्ट्र निर्माणमा योग्दान दिने वातावरण बनाउदै आधुनिक समाज निर्माण , रोजगारी सिर्जना , स्थानीय औद्योगिकिकरण र आत्मानिर्भर अर्थतन्त्रको निर्माणमा सहकारीले नेतृत्वदायी भूमिका खेल्नु पर्छ।आजको आवश्यकता पनि यहि हो।

बचतलाई सहि परिचालन गर्न नसक्दा ऋण लिनेहरुले समयमा ऋण तिर्न नसकेको अवस्था एकातिर छ भने अर्कोतिर लगानी अनुत्पादक/ फजुल क्षेत्रमा जादा समाजमा तडक भडकको अवस्था सिर्जना भइ कमजोर समुदाय देखासेखिको सिकार भएको प्रशस्त उदाहरण छ्न।सहकारीले आय आर्जन र उत्पादनमूलक क्षेत्रमा आफूलाई रुपान्तरण गरेमा ग्रामीण जीवन र ग्रामीण अर्थतन्त्र मजबुत बनाउन सक्छ भन्ने कुरामा दुई मत छैन। सहकरिले सधै समता मुलक समाज निर्माण ध्यान दिनु पर्छ।

सहकारीलाई सहकारी नै बनाउनु पर्छ बैक जस्तो होइन ।बैक भन्दा फरक हो र फरक नै हुनु पर्छ बन्ने मान्यतालाई आत्मासत गर्नु अपरिहार्य छ। बैक जस्तै तडक भडक र बैकको जस्तै कानुनी झमेलाबाट मुक्त कसरी गर्न सकिन्छ? बृहद छलफल चलाउनु आवश्यक छ। लगानी पनि नडुब्ने र सहकारी सदस्यलाई पनि सहज हुने सामाजिक बिश्वास प्रणालीको बिकास आवश्यकता छ।यो नै सहकारीको मुख्य चूनौती हो।यसतर्फ सबैको ध्यान जाओस।… जय सहकारी …

याे पढ्न छुटाउनु भयाे की ?

छौँडे प्रहरी चौकी भवन उद्घाटन

Friendship Khabar

एमबी खड्का देशकै उत्कृष्ट दोश्रो कर्मचारी बन्न सफल

Friendship Khabar

नेपाल सहकारी बैंक द्वारा राष्ट्र बैंकमा अवधारणापत्र प्रस्तुत,दर्ता प्रकृया शुरु

Friendship Khabar