फ्रेण्डसिप खबर
Breaking कभर स्टाेरी गृह पृष्ठ राजनीति स्थानीय समाचार

समाजवादी द्वारा गौरीशंकरको उपाध्यक्षमा रविना खड्का उमेदवार

दोलखा /नेकपा एकीकृत समाजवादी दोलखाले जिल्लाको गौरीशंकर गाउपालिकामा मङ्सिर १६ गते हुने उप निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ।

शुक्रबार आयोजित उमेदवार घोषणा सभा मार्फत गौरीशंकर गाउँपालिका वडा नं ५ सुरि निवासी रविना खड्कालाई गाउँपालिका उपाध्यक्षको उमेदवार बनाउने निर्णय सार्वजनिक गरेको हो।

गौरीशंकर गाउँपालिकामा नेपाली काङ्ग्रेस गौरीशंकर गाउँपालिका सभापति समेत रहेका गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको निधन भए पछि आगामी मङ्सिर १६ मा उप चुनाव हुन लागेको हो।

गौरीशंकर गाउपालिकाका महिला, दलित,उत्पीडित,जनजाती, किसान,मजदुर लगायत हरेक तह र तप्काका जनताको हित र अधिकारको ग्यारेन्टी गर्न तथा स्थानीय स्तरमा नै रोजगारी सिर्जना गर्ने योजनाका साथ आफ्नो उम्मेद्बारी रहेको उपाध्यक्षकि प्रत्याशी रविना खड्काले बताउनु भयो ।

नेकपा एकीकृत समाजवादी गौरीशंकरको विकासको आधार तयार गर्न सक्ने,जनताको हरेक खाले समस्या सग जुध्न सक्ने,पालिकामा हुने भ्रष्टाचार,अनियमितताको अन्त्य गर्ने र आत्मनिर्भर गौरीशंकर गाउँपालिका बनाउन योजना बनाएर लागेको हुँदा जीत निश्चित भएको नेकपा एकीकृत समाजवादी दोलखाले दावी गरेको छ।

उम्मेद्बारी घोषणा सभामा पार्टीका केन्द्रिय कमिटी सदस्य,जिल्ला कमिटी अध्यक्ष,प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी,नेता तथा कार्यकर्ता को उपस्थिति रहेको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस मेलुङको अध्यक्षमा बस्नेत,(अधिवेशन फोटो फिचर)

Friendship Khabar

समाजवादी दोलखाको तीनै तहका सरकारलाई ध्यानाकर्षण पत्र

Friendship Khabar

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar