फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

कार्यसम्पादन मुल्यांकन अनुसार नगरमा जिरी र गाउँपालिकामा वैतेश्वर उत्कृष्ट

केदार दहाल
दोलखा/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा दोलखाको दुई नगरपालिका मध्ये जिरी र सात गाउँपालिका मध्ये वैतेश्वरले सबैभन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकनका आधारमा जिरी नगरपालिकाले सबैभन्दा बढी ४२.८० प्रतिशत अंक र वैतेश्वर गाउँपालिकाले ३६.३६ प्रतिशत अंक प्राप्त गरेका छन् भने समग्र जिल्लाका स्थानीय तहहरु मध्ये भिमेश्वर नगरपालिकाले ३८.९४ प्रतिशत अंक प्राप्त गरेर दाश्राे र वैतेश्वर तेश्राे भएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यबिधि २०७८ को दफा ७ को अधीनमा रही आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गर्ने गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान दिनका लागि आयोगले विभिन्न सूचकका आधारमा स्थानीय तहहरुको मुल्यांकन गरेको हो । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा स्थानिय तहहरुले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

नि: शुल्क स्वास्थ शिविर सम्पन्न

Kedar Dahal

विशाल र देवीले शुरू गरेका महत्त्वका याेजना पूरा गर्छुः गंगा कार्की

Nabin Kumar Khatiwada

गौरीशंकर क्याम्पसमा नयाँ नेतृत्व,अध्यक्ष राउत

Friendship Khabar