फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

कार्यसम्पादन मुल्यांकन अनुसार नगरमा जिरी र गाउँपालिकामा वैतेश्वर उत्कृष्ट

केदार दहाल
दोलखा/राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्यांकनमा दोलखाको दुई नगरपालिका मध्ये जिरी र सात गाउँपालिका मध्ये वैतेश्वरले सबैभन्दा बढी अंक पाएका छन् ।

कार्यसम्पादन मूल्यांकनका आधारमा जिरी नगरपालिकाले सबैभन्दा बढी ४२.८० प्रतिशत अंक र वैतेश्वर गाउँपालिकाले ३६.३६ प्रतिशत अंक प्राप्त गरेका छन् भने समग्र जिल्लाका स्थानीय तहहरु मध्ये भिमेश्वर नगरपालिकाले ३८.९४ प्रतिशत अंक प्राप्त गरेर दाश्राे र वैतेश्वर तेश्राे भएको छ ।

आयोगले प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्यांकन कार्यबिधि २०७८ को दफा ७ को अधीनमा रही आयोगले प्रदेश तथा स्थानीय तहको लागि निर्धारण गरिएका कार्यसम्पादन सुचकको मुल्यांकन गरी अंक प्रदान गर्ने गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ मा संघीय सरकार, प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान दिनका लागि आयोगले विभिन्न सूचकका आधारमा स्थानीय तहहरुको मुल्यांकन गरेको हो । आयोगले गत आर्थिक वर्ष २०७९/०८० मा स्थानिय तहहरुले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायतका सूचकमा मूल्याङकन गर्ने गर्दछ ।

याे पढ्न छुटाउनु भयाे की ?

खिम्ती ग्रामीण बिद्युत सहकारी संस्थाको सपथ ग्रहण

Nabin Kumar Khatiwada

काप्ती लघु जलविद्युतको आम्दानी खर्च माग गर्दै प्रशासनमा निवेदन

Kedar Dahal

नेकपा एस जिरी नगर कमिटी द्वारा स्वास्थ मन्त्रीलाई ज्ञापनपत्र पेश

Friendship Khabar