फ्रेण्डसिप खबर
अर्थवाणिज्य आजको ताजा समाचार बागमती प्रदेश समाचार स्थानीय समाचार

फ्रेण्डसिप साकोसको सातौ स्थापना दिवस,संस्थापक अध्यक्ष हरुलाई सम्मान

जिरी /एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकारी संस्था जिरी को सातौ स्थापना (एकीकरण) दिवस विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ। स्थापना दिवसको अवसरमा “सहकारी संस्था संचालन तथा कानुनी जोखिम ब्यबस्थापन एवम सहकारी संस्था संचालनमा स्थानीय तहको भुमिका बिषयक प्रशिक्षण कार्यक्रम तथा एकीकरण गरिएका सहकारी संस्थाका संस्थापक अध्यक्ष हरुलाई सम्मानका साथ सम्पन्न भएको छ।

सहकारीका अध्यक्ष भुमिराज खड्काको अध्यक्षतामा भएको कार्यक्रम नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका केन्द्रिय अध्यक्ष परितोष पौडेल,जिरी नगरपालिकाका प्रमुख टंक बहादुर जिरेल,नेफ्स्कून का केन्द्रिय सदस्य जिवराज खड्का,वैतेश्वर गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्य,जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी,जिसस दोलखाकि उपप्रमुख मनमाया जिरेल लगाएत भिमेश्वर,जिरि,वैतेश्वर,गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाका सहकारी बिभाग हेर्ने प्रमुख सहितको उपस्थितिमा भएको कार्यक्रममा नेप्स्कूनका बिभागिय प्रमुख दुर्गा प्रसाद ढकालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

स्थापना दिवसको अवसरमा संस्थाको वर्तमान अवस्था बारे प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले एकीकृत फ्रेण्डसीप साकाेसले आफ्ना शेयर सदस्यहरूलाई मध्यनजर गर्दै मुख्य कार्यालय सहित १२ वटा सेवा केन्द्रबाट सेवा सञ्चालन गरिरहेको संस्थाले आगामी बर्ष काठमाडौको कोटेश्वर, रामेछापको मन्थली र भुजीमा आफ्नो सेवाकेन्द्र वितार गर्ने योजना बनाएको बताउनुभयो ।

संस्थाले जेष्ठ नागरिकहरूलाई बृद्व भत्ता, सुत्केरी स्याहार, सदस्य बिमा, मोबाइल बैकिंङ, इन्टरनेट बैकिंङ, मिस्डकल बैकिंङ, लगायतका सेवा तथा कार्यक्रमहरु गर्दै सदस्यहरूको मन जितिरहेको छ, २०४८ सालमा स्थापना भएको फ्रेण्डसिप साकाेसले २०७१ सालमा एकै पटक ९ वटा सहकारी संस्थाहरूसँग एकीकरण गरेर एकीकृत फ्रेण्डसिपको नाम बाट परिचित भई सदस्यहरूलाई लक्षित गर्दै विभिन्न ६५ वटा शिर्षकमा ऋण लगानी गरीरहेको छ भने २४ प्रकारमा बचत संकलन गरिरहेको छ, सहकारी संस्थाले हाल सम्म १४ वटा सहकारी संस्थाहरुसँग एकीकरण गरिसकेको छ ।

आगामि दिनमा पनि अन्य सहकारीहरूसँग एकीकरण गर्दै आफ्नो सेवालाई थप सहज, सरल र ब्यवस्थित बनाउने लक्ष्य रहेकाे संस्थाका अध्यक्ष भुमिराज खड्काले बताउनुभयो, जिरी नगरपालिका वडा नम्बर ५ मा मुख्य कार्यालय रहेकाे संस्थाकाे रामेछाप जिल्लाको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तथा दोलखा जिल्लाको जिरी नगरपालिका, भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएर सेवा प्रदान गरिरहेको छ, हाल एकीकृत फ्रेण्डसीप साकाेसकाे कुल पुजी १ अर्ब १० करोड २३ लाख ९० हजार रहेकाे संस्थाका का.मु प्रमुख कार्यकारी अधिकृत राम बहादुर खत्रीले जानकारी दिनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि परितोष पौडेल,नेफ्स्कूनका केन्द्रिय सदस्य जिवसराज खड्का,जिरी नगर प्रमुख टंक जिरेल,वैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्य,संस्थापक अध्यक्ष केशब कार्की,नेपाली काङ्ग्रेस जिरिका सभापति सोनाम शेर्पा,सहकारी का उपाध्यक्ष गोपाल जिरेल,सचिब केदार जिरेल लगाएतले मन्तव्य राख्नुभएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

नेराशि संगठन वैतेश्वोरकाे तेस्रो गाउँ परिषद सम्पन्न, नव प्रवेशी शिक्षकहरुलाई सम्मान

Kedar Dahal

चाडपर्वकाे लागि अरनिकाे यातायातले गर्याे अग्रिम टिकट बुकिङ खुल्ला

Kedar Dahal

जनसचेतनद्वारा मैनापोखरी बजारमा वृक्षरोपण

Friendship Khabar