फ्रेण्डसिप खबर
आजको ताजा समाचार बागमती प्रदेश समाचार

जिरी अस्पतालका समस्या बारे स्वास्थ मन्त्री लाई ध्यानाकर्षण


जिरी पौष १६/दोलखाको शुन्दर पर्यटकीय नगरी जिरी आएका स्वास्थ तथा जनसंख्या मन्त्री बिरोध खतिवडा लाई युवा संजाल जिरी ले जिरी अस्पतालका समस्या बारे अनुरोध सहित ज्ञापनपत्र बुझाएको छ।
युवा संजाल जिरी का अध्यक्ष केन्द्र ज्योति खड्का ले मन्त्री खतिवडा लाई विभिन्न माग राख्दै ध्यानाकर्षण गराएका हुन।
अनुरोध पत्रमा जिरी अस्पतालमा एम. डि.जि.पि.डाक्टर सहित स्वास्थकर्मीको ब्यबस्था हुनुपर्ने,दरबन्दी अनुसारको पर्याप्त कर्मचारी व्यवस्था गर्नुपर्ने,
अस्पतालमा आई सि.यु को व्यवस्था हुनुपर्ने,सुविधासम्पन्न इमर्जेन्सी सेवा हुनुपर्ने र नेपाल सरकारको नियमानुसार निशुल्क औषधीको व्यवस्था गरिनुपर्ने माग राखिएको छ।
अनुरोध पत्रमा भनिएको छ, दोलखा जिल्लाको सुन्दर पर्यटकीय नगरी जिरी सगरमाथाको प्रवेशद्वार एवं नेपालको स्वीट्जरल्याण्ड उपमाले राष्ट्रिय तथा अन्तराष्ट्रिय बृत्तमा परिचित नाम हो । प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा तथा सर एडमण्ड हिलारीले जिरी हुदै सगरमाथाको यात्रा तय गरेपश्चात भुर्गभविद टोनी हेगनले जिरीलाई स्वीट्जरल्याण्डको जुरिच सहरसंग तुलना गर्दै यहाँको विकासको सुरुवात गरेका थिए। जिरी बहुमुखी परियोजना अन्तरगत स्वीस सरकारले जिरी अस्पताल, जिरी प्राविधिक शिक्षालय, पशु विकास फार्म, विज उत्पादन केन्द्र, जिरी माध्यामिक विद्यालय, जिरी तामिम तथा प्रशिक्षण केन्द्र लगायत दजनौ ठुला परियोजनाहरु संचालन गरी शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनक लगायतका क्षेत्रमा ठूलो योगदान गरेको थियो ।

स्वीस सरकारको सहयोगमा स्थापित यस्ता संस्थाहरु नेपाल सरकारलाई हस्तान्तरण पश्चात यिनिहरुको संस्थागत क्षमता तथा गुणस्तर निरन्तर खस्कदै गईरहेको छ । कुनै बेला दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बु लगायत जिरी पूर्वी क्षेत्रका जनताहरुलाई जटिल प्रकृतिका उपचार तथा अपरेसन सेवा प्रदान गरि सबैको आकंपणको रुपमा रहेको जिरी अस्पतालमा आज सामान्य स्वास्थ्य चौकीमा प्राप्त हुने सेवा सुविधा समेत उपलब्ध नहुने अवस्थामा पुगेको छ । केहि समय अगाडी चरिकोट स्थित प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश अस्पतालमा स्तरउन्नती गरेपछि जिल्ला अस्पतालको रुपमा रहेको जिरी अस्पताल स्थानीय जिरी नगरपालिकाको मातहातमा संचालन भईरहेको छ । नगरपालिकाको सिमित श्रोत साधनका बिच यस अस्पताल संचालन हुन सक्ने अवस्था छैन जुन नगरपालिकाले समेत स्वीकादै आईरहेको छ । जर्मन सरकारको सहयोग मार्फत हाल अस्पतालमा अत्याधुनिक भवन निर्माण सम्पन्न भएको भएतापनि न्यूनतम आवश्यक सेवा सुविधा समेत अपुग देखिन्छ । युवा संजाल जिरी मार्फत सम्पुर्ण जिरीबासीहरु माननीय मन्त्री समक्ष जिरी अस्पताललाई केन्द्रीय सरकार मार्फत संचालनका लागि आवश्यक प्रवन्ध मिलाई सहयोग गरिदिनुहुन जोडदार माग गरेको छ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री खतिवडा ले अस्पतालमा देखिएका समस्या बारे समाधान को लागि प्रतिबद्धता व्यक्त गरेका छ्न।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस दोलखा पुनर्गठन

Friendship Khabar

छौँडे प्रहरी चौकी भवन उद्घाटन

Friendship Khabar

माओवादी दोलखाको संयोजक श्रेष्ठ सचीवमा फुँयाल

Friendship Khabar