माघ ६/नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा कोरोना संक्रमित हुनुभएको छ । बुधबारको पिसिआर परीक्षणबाट उप महासचिव खतिवडालाई कोरोनाभाइरस संक्रमणे पोजेटिभ देखिएको एकीकृत समाजवादीले जनाएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य भएको र घरमै आराम गरीरहनु भएको पारीवारीक श्रोतले जनाएको छ ।
यस अघि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,महासचिव डा.बेदुराम भुसाल लगायत अन्य नेताहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।