बिदुर प्रसाद दहाल
राष्ट्रवाद र राष्ट्रियता संबेदनसिल बिषय बस्तु हुन।मानिसको भावना भडकाउन राष्ट्रियताको मुद्दा अत्यन्त लोकप्रिय हुन्छ।हरेक मानिसलाई एउटा तहमा अति राष्ट्रबादको भूत चडेको हुन्छ।उनीहरुले अरु सबै बिषय बस्तु गौण ठान्छ्न।जब मानिस बुझ्दै जान्छ ; अनि दुनियाँको इतिहास , आर्थिक अवस्था , सामाजिक अवस्था ,बिकासको अवस्था अध्यन गर्छ; खुला समाज र विश्वसग अन्तरक्रिया गर्छ तत्पश्चात मानिसमा बिस्तारै अन्तरास्ट्रिय राष्ट्रबाद्को चेत खुल्छ ।बिगतदेखी अहिले सम्मका शासकले आफ्नो स्वार्थ अनुसार सङकुचित राष्ट्रवाद सिकाए; सिकियो ।
राष्ट्रवाद एउटा भावनात्मक कुरा हो; जुन आफ्नो गाउँ / समाजमा हुँदा बढी हुने र अर्को ठाउँ वा देशमा जादा कम हुने होइन ।यसलाई कुनै भूगोलले छेक्दैन। उठान गर्न खोजिएको बिषय चाहि( राष्ट्रवाद भन्दा माथी) अन्तर्राष्ट्रिय राष्ट्रवाद पनि हुन्छ है भन्ने हो।
दुनियाँका सबै मानिस हुन, सबै दाजुभाइ र दिदिबहिनी हुन।भूगोल हामी सबैको साझा हो।गलत त शासक हुन; उनिहरुको शासन प्रणाली र सिकाई हो। जसले आफ्नो सत्ता टिकाउन गलत राष्ट्रवाद सिकाए/ सिकाइयो। बिकास र समृद्धि देउ, सुशासन देउ।तिम्रो सिकाई र तिम्रो राष्ट्रवादीताको रट रटौला।नभए त कसरी टिक्ला यो खोक्रो राष्ट्रवाद!!!
शिक्षा र संचारको विश्वव्यापी पहुच बढेसगै मानिसको सोच, बिचार र कार्यशैलीकोमा फरक पन आयो। ब्यक्ति र समाजको सोच उत्तरआधुनिक युगमा प्रवेश गरेसगै अति राष्ट्रवाद्को आयाममा अनेक प्रश्न उठे।राष्ट्रवाद भनेको निर्धारित भूगोल मात्र होइन रहेछ भन्ने सचेतना अब बिकास हुनु पर्छ।राष्ट्रवादको सङकुचित दायरा फराकिलो बन्दै गएको छ।मानिस गुणस्तरीय जीवनको लागि आफ्नो जन्म भूमि छोडेर सहर तथा बिदेश किन जाँदै छ्न? किन सहर र बिदेशबाट फेरि गाउँ तथा देश फर्कदैनन? उठान गर्न खोजिएको सबाल/डिस्कोर्स यहि हो।
मानिसको खोजी गुणस्तरीय शिक्षा रहेछ, गुणस्तरीय स्वास्थ्य रहेछ ; समग्रतामा गुणस्तरीय जीवन नै रहेछ।यसका लागि जन्म भूमी मात्र होइन; जीवनभर कमाएको सम्पत्ति समेत छोडेर किन गयो युरोप /अमेरिका?? यसमा बहस गरौ न… कहाँ गयो राष्ट्रवाद?? किन रोकेन राष्ट्रबादले ?? १० औ लाख नेपाली स्थायी बसोबासका लागि बैध/ अबैध उपाय अपनाई बिदेशियका छ्न। राष्ट्रबादको भावना भडकाउने साशक बर्गकै परिवार बिदेशमा छ्न/ पठाईएको छ। अब के सिकौ तिम्रो राष्ट्रवादबाट???किन राष्ट्रियताको नाममा जनता सडकमा उतार्दै छौ?
बिदेश जानू हुन्न भन्ने मान्यता हुँदै होइन तर जसलाई साम्राज्यबादी भनिदैछ वा साम्राज्यबादिको बिल्ला भिराइदै छ अनि किन मरिहत्ते जान र पठाउन ?? MCC खराब होला ;जो अहिले बिरोध गर्दै छ्न ।सत्तामा हुँदा अगाडि बढाउने कुपात्र तिनै र यिनै होइनन र? सत्तासग MCC साट्दा राष्ट्रवाद हुने; सत्तामा नहुदा राष्ट्रघाती हुने यो कस्तो चस्मा हो??राष्ट्रवाद सत्तामा पुग्ने भर्याङ मात्र हो कि क्या हो??।राष्ट्रवादको नारा लाउना साथ कार्यकर्ता खुसी !!। सिकाइ नै गलत/ बुझाई नै गलत।
राष्ट्रवादको नाममा जे जस्ता तान्डब सडकमा हुँदै छ्न।ती सबै कुशासनको परिणाम हुन।अति राष्ट्रवादलाई अव बिकास ,समृद्धि र गुणस्तरीयताको सापेक्षतामा जोडेर हेर्दा कसो होला??
next post


