फ्रेण्डसिप खबर
गृह पृष्ठ

एमाले वडा अध्यक्षका उम्मेदवारनै माओवादी केन्द्रमा प्रवेश

दोलखा । नेकपा एमालेवाट दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ३ झँयाकुका प्रस्तावित उम्मेदवार अनिलकुमार खड्का नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

एमालेका प्रस्तावित वडा अध्यक्षका उम्मेदवार अनिलकुमार खड्का आज नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । खड्कालाई नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय नेताहरुले सदरमुकाम चरिकोटमा एक कार्यक्रमका वीच पार्टी प्रवेश गराएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवँ जिल्ला इन्चार्ज देवी खड्का, युवा नेता एवँ बागमती प्रदेश सरकारका बन तथा वातावरण मन्त्री विशाल खड्का, संस्थापक नेता संकर लामा, गोपाल पाण्डे, जिल्ला संयोजक कुलवहादुर बुढाथोकी लगायतका नेताहरुले एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका खड्कालाई पार्टीमा स्वागत गरेका छन् ।

माओवादी केन्द्रमा प्रवेश गर्दै एमालेका प्रस्तावित वडा अध्यक्ष खड्काले एमालेको दम्भ र घमण्डका कारण मुलुकमा कम्युनिष्ट आन्दोलन कमजोर बनेको र सो पार्टीवाट विकास र समृद्धि सम्भव नभएका कारण आफु माओवादी केन्द्रमा प्रवेश गरेको बताउनुभयो । खड्का यसअघिको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फवाट गौरीशंकर गाउँपालिका ३ झँयाकुवाट वडा अध्यक्षको उम्मेदवार बनेका थिए । उनले ३ सय ४५ मत प्राप्त गरेका थिए । एमालेले आसन्न स्थानीय तहको निर्वाचनमा पनि खड्कालाई नैं वडा अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको थियो ।

२०७४ को स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले बिजय हात पारेको गौरीशंकर–३ झँयाकुमा ६ सय ४५ मतका साथ नेत्रवहादुर बस्नेत बिजयी भएका थिए ।

याे पढ्न छुटाउनु भयाे की ?

नव निर्मित स्वास्थ्य चाैकि भवन पालिका अध्यक्ष कार्कीद्वारा उद्घाटन

Kedar Dahal

एमाले संसद शाहको परस्त्री सँगको टिकटक भिडियो सार्वजनिक

Friendship Khabar

सांसद रिजाल द्वारा श्री कृष्ण कथाको उद्घाटन

Nabin Kumar Khatiwada