फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ बागमती प्रदेश राजनीति

दोलखामा कार्की र शिवाकोटी बिच प्रतिष्ठाको संघर्ष,रोचक प्रतिस्पर्धा

दोलखा /मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा  जिल्ला दोलखामा लोकतान्त्रीक बाम गठबन्धन र एमालेबिच प्रतिष्ठाको संघर्ष हुने भएको छ ।
सत्तागठबन्धनलाई जसरी पनि एमाले लाई हराएर जित हात पार्नुपर्ने चुनौती छ भने २०६४ बाहेक अधिकांस समय जित हाँसिल गरेको एमालेलाई आफ्नो विरासत जोगाउने चुनौतीका कारण दोलखामा प्रतिष्ठाको संघर्ष हुने भएको हो ।
यस अघि कतैपनि निर्वाचनमा सहभागी नभएका नेकपा माओबादी दोलखाका संस्थापकमध्येका एक कमाण्डर गंगा कार्की र व्यवसायी समेत रहेका नेकपा एमालेका बालकृष्ण शिवाकोटीबिच प्रतिनिधि सभा सदस्य पदमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । एकमात्र संघिय निर्वाचन क्षेत्र रहेको दोलखामा प्रदेश क्षेत्रहरुमा पनि सत्तागठबन्धन र एमाले बिच नै प्रतिस्पर्धा हुदै छ । प्रदेश सभा १ मा गठबन्धनले कांग्रेस केन्द्रिय सदस्य समेत रहेका नेविसंघका पुर्वमहामन्त्री कुन्दन काफ्लेलाई अघि सारेको छ भने एमालेले पाटीका जिल्ला अध्यक्ष नर बहादुर श्रेष्ठलाई उम्मेद्वार बनाएको छ । प्रदेश ख मा गठबन्धनका तर्फबाट कांग्रेसका जिल्ला सभापति बर्मा लामा र एमालेका भरत केसी उम्मेद्वार छन् । केसीलाई गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेको जिल्ला कमीटीले भीमेश्वरको नगरप्रमुख पदमा टिकट दिएर पछि प्रदेश समितिले फिर्ता गरी अर्का उम्मेद्वार हरिवंस चौलागाइलाई निर्वाचनमा उतारेको गराएको थियो ।
यस पटक कांग्रेस ,माओबादी र नेकपा एकिकृत समाजबादी एक ठाउँमा भएकाले एमालेसँग प्रतिस्पर्धा नै नहुने गठबन्धनका उम्मेद्वार गंगा कार्कीले बताए । कार्कीले ३० वर्ष एकलौटी जस्तै शासन गरेको एमाले यो पटक सजिलो गरि बढारिने बताएका छ्न ।

याे पढ्न छुटाउनु भयाे की ?

प्रमुख शर्माद्वारा ज्येष्ठ नागरिक दिव्य सेवा आश्रयस्थलको प्रसंशा

Friendship Khabar

उपाध्यक्ष तामाङकाे निधन भएपछि गाैरिशंकर गा पा मा मंगलबार शाेक बिदा

Kedar Dahal

इटहरीका खड्काले वितरण गरे दाेलखाका विद्यार्थीलाई जाडाेका सामान

Kedar Dahal