फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश राजनीति

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

दोलखा/बागमती प्रदेशका वन तथा वातावरण मन्त्री एवं नेकपा माओवादी केन्द्रका युवा नेता विशाल खड्काले जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनुको विकल्प नभएको बताएका छन् ।

मन्त्री खड्काले प्रदेश सरकार र हालै निर्वाचित स्थानीय सरकारले सुरु गरेका योजनालाई पूर्णता दिन तथा जिल्लाको विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यक रहेको बताएका हुन्  । पत्रकारहरुसँग दोलखाको निर्वाचन सम्बन्धि संक्षिप्त छलफल कार्यक्रममा खड्काले पटक–पटक अवसर पाउँदा पनि काम गर्न नसकेको एमालेलाई फेरी अवसर दिनु दुर्भाग्य मात्रै हुने टिप्पणी गरेनन उनले दोलखा थप पछि पर्ने जिकिर गरे ।  आफु मन्त्री बनेपछि दोलखामा बहु महत्वका विकास आयोजना सुरु गरेको भन्दै नेता खड्काले ती आयोजनालाई पूर्णता दिन र गठबन्धनले बिजयी हात पारेको स्थानीय सरकारको योजनालाई साथ दिन पनि प्रदेश र प्रतिनिधिसभामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आवस्यक रहेको धारणा राखेका छन् ।
धेरै पटक अवसर पाएर पनि ठोस काम गर्न नसकेका कारण आस मारेर दोलखा एमालेका सिनियर नेता चुनावी मैदानमा नआएको नेता खड्काको भनाई छ । एमाले दोलखाका नेता सञ्चार मन्त्री हुँदा जिल्लाको महत्वपूर्ण योजना फिल्म सिटी संघीय सरकारको बजेवाट हट्नु र मन्त्रीकै गृह गाउँमा मोवाईल नेटवर्क समेत चल्ने अवस्था नहुनु दुर्भाग्य भएको उनको भनाई छ ।  आफु मन्त्री भएर बागमती प्रदेश सरकारले जिरी ताललाई प्रदेश गौरवको आयोजनामा समेट्दै ३ अर्व ११ करोड बजेट स्विकृत गर्दा एमाले केन्द्रीय सदस्य एवँ प्रदेशकी पूर्व अर्थमन्त्रीले संसदमा बिरोध गरेर दोलखाली जनताको चाहनाको खिल्लि उडाएको खड्काले बताए ।
नर्सरी एउटाको थाँग्रो अर्काको हुन नसक्ने भएकाले आसन्न निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन नेता खड्काले अपिल पनि गरेका छन् ।

याे पढ्न छुटाउनु भयाे की ?

तामाकोसीको उत्पादन सुचारु, थपियो १२० मेगावाट बिद्युत

Kedar Dahal

सामुदायिक वन दिवसको उपलक्ष्यमा कविता वाचन

Friendship Khabar

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको साधारण सभा

Nabin Kumar Khatiwada