फ्रेण्डसिप खबर
गृह पृष्ठ

भरतपुरले उचाल्याे जिरी च्याम्पियनसिप २०८० काे उपाधि

केदार दहाल
जिरी नगरपालिकासँगको सहकार्यमा युवा सञ्जाल जिरीको आयोजनामा भएको प्रदेश स्तरिय जिरी च्याम्पियनसिप २०८० अन्तर्गत भएको भलिबल प्रतियोगिताको उपाधि चितवनको भरतपुर
महानगरपालिकाले हातपारेकाे छ ।

आइतबार जिरीमा भएकाे फाइनल खेलमा मकवाननपुर जिल्लाको थाहा नगरपालिकालाई ३–१ सेटमा हराउँदै भरतपुरले उपाधि हातपारेकाे हो । त्यसैगरी तृतीय स्थानका लागि हिजाे रामेछापका २ टिम विच भएको खेलमा गोकुलगंगाले लिखु तामाकोशीलाई ३–० को सोझो सेटमा हराउदै तृतिय भएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमश: भरतपुर महानगरपालिकाले नगद १ लाख ५१ हजार, थाहा नगरपालिकाले १ लाख १ हजार, गोकुलगंगा गाउँपालिकाले ५१ हजार र लिखु तामाकोशीले २५ हजार पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । विजेता टिमलाई संघीय सांसद गंगा कार्की विश्वले वितरण गर्नु भएको युवा सञ्जाल जिरीले जनाएकाे छ।

शनिबार सम्पन्न हुने कार्यक्रम प्रतिकुल माैसमका कारण फाइनल खेल स्थगित भई आज आइतबार सम्पन्न भएको थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै परीक्षा तथा नतिजा प्रकाशन पनि

Kedar Dahal

छौँडे प्रहरी चौकी भवन उद्घाटन

Friendship Khabar

आमा समुहलाई भान्साघर औषधालय कार्यक्रम

Friendship Khabar