फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश राजनीति समाचार

यस्तो छ राष्ट्रिय सभा सदस्यका उमेद्वार घनश्यामको राजनैतिक यात्रा

नवीनकुमार खतिवडा 

चरिकोट/दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ६ चरिकोटका घनश्याम रिजालले राष्ट्रिय सभा सदस्य पदमा उम्मेदवारी दिएका छन।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले युवा नेता रिजाललाई उम्मेदवारीका लागि छनोट गरेसंगै उनले राष्ट्रिय सभा सदस्यको लागि उम्मेदवारी दिएका हुन।
सत्ता गठबन्धन साझेदारी दल नेकपा एकीकृत समाजवादीले पाएको कोटामा रिजाललाई उम्मेदवार बनाउने निर्णय गरेसंगै रिजाल आगामी ६ वर्षका लागि राष्ट्रिय सभा सदस्य हुने निश्चित जस्तै भएको छ ।
जिल्लामा लोकप्रिय छवि निर्माण गरेका युवा नेता रिजाल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी दोलखा जिल्ला कमिटिका निवर्तमान उपाध्यक्ष रहेका छ्न।वि.सं २०३७ मा बुबा धन बहादुर रिजाल र आमा रुद्रमायाको कोखबाट जन्मनु भएका ४३ वर्षीय रिजाल हाल पार्टीको केन्द्रिय प्रतिनिधि परिषद सदस्य हुन्।रिजाल पार्टी निकट दलित मुक्ति संगठनका केन्द्रिय महासचिव र सुनचादी कला व्यवसायी संघका केन्द्रीय अध्यक्ष समेत हुन ।
रिजालको राजनैतिक यात्रा नेकपा एमालेबाट शुरु भइ सक्रिय र प्रभावकारी राजनीतिमा थिए ।२०४९ सालदेखि नेकपा एमालेबाट राजिनीतिमा लागेका उनि २०७७ साल पुस ५ मा भएको केपी ओलिको असंवैधानिक कदम संसद विघटन पछिको राजनीतिक घट्नाक्रमसंगै माधवकुमार नेपालको नेतृत्वमा पुनर्गठन गरि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रभावशाली युवा नेताको हैसियतमा सक्रिय छन । २०७९ सालको निर्बाचनमा दोलखा प्रदेश ‘ख’ बाट बलियो उम्मेदवारको रुपमा दावी भएपनि सत्ता गठबन्धनको भागबन्डाका क्रममा दुईवटै उमेद्वार कांग्रेसको भागमा परेपछि उनि पछि हटेका थिए।
राजनैतिक मात्र नभएर रिजाल विभिन्न सामाजिक संघ संस्थामा पनि त्यतिकै सकृय रहेका व्यक्ति हुन,दोलखा उद्योग वाणिज्य संघका निर्वाचित कार्यसमिति सदस्य समेत भइसकेका रिजाल दोलखाका सफल व्यवसायीको परिचय बनाएका छन। गौरीशंकर सामुदायिक पुस्तकालयका संचालक समिति सदस्य,जिल्लाकै पहिलो सामुदायिक रेडियो कालिञ्चोक सामुदायिक एफएमको संस्थापक उपाध्यक्ष पनि हुन।हाल उनि गौरीशंकर क्याम्पस चरिकोटको ब्यबस्थापन समितीमा लगातार  तेश्रो कार्यकालको लागि संचालक समिति सदस्यमा छन ।
राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० साल माघ ११ गते हुँदै छ। राष्ट्रिय सभालाई स्थायी सदनको रुपमा लिइने भएकाले प्रत्येक दुई वर्षमा चुनाव गरेर नयाँ सदस्य निर्वाचित भइरहने व्यवस्था छ ।नेपालको संविधान २०७२ कार्यान्वयनमा आएपछि राष्ट्रिय सभाको चुनाव पहिलो पटक २०७४ सालमा भएको थियो । पहिलो पटक निर्वाचित भएकाहरुलाई गोलाप्रथाद्वारा दुई वर्ष, चार वर्ष र ६ वर्ष कार्यकाल तय गरिएको थियो । त्यसअनुसार दुई र चार वर्षे कार्यकाल पाएकाहरु विदा भएर नयाँ आइसके भने यसपटक ६ वर्षे कार्यकालको गोला तानेकाहरु फागुन २० गतेबाट बिदा हुदै छन,कार्यकाल सकिन लागेका २० जना सांसद ०७४ मा निर्वाचित भई गोलाप्रथाबाट ६ वर्षे पदावधि प्राप्त गरेकाहरू हुन।

याे पढ्न छुटाउनु भयाे की ?

गुल्मीका राजनीति दलसगँ मन्त्री झाक्री

Friendship Khabar

ईश्वरभुमि साकोषको अध्यक्षमा पुनःबस्नेत निर्वाचित

Friendship Khabar

वैतेश्वरकाे १३औं गाउँ सभा तथा अधिवेशन सम्पन्न, मुख्य सडकहरु प्राथमिकतामा

Kedar Dahal