फ्रेण्डसिप खबर
गृह पृष्ठ

दोलखाली समाज दक्षिण कोरियाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

केदार दहाल

दाेलखा/दोलखाली समाज दक्षिण कोरियाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विभिन्न क्षेत्रमा सहयाेग गर्दै गरेकाे समाज यतिबेला शैक्षिक क्षेत्रमा सहयोग गर्दै रहेकाे छ ।

शैक्षिक क्षेत्रमा सहयाेग गर्दै आएको समाजले कालिञ्चोक गाउँपालिका वडा नं ५ काे श्री भगवती आधारभुत बिद्यालय, वडा नं ६ का भद्रावती प्रा.वि र कालिका भगवती प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई १३५ थान स्वीटर र टोपी वितरण गरिएको हो ।

सोमवार एक कार्यक्रमको विच गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले विद्यार्थीलाई कपडा वितरण गर्नुभएको थियाे । कार्यक्रममा वडा अध्यक्ष सहदेव खड्का, भरत पाण्डे लगायत सहभागी थिए ।  

दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभि थापाका अनुसार हाल न्युजील्याण्डमा रहेका रामराजा ओली लगायत पुर्व विद्यार्थीहरूको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

दुर्गम र विकट क्षेत्रको विकास नै देश विकास हो:-श्रम मन्त्री

Friendship Khabar

निगमले गर्याे वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण

Friendship Khabar

हनुमन्तेश्वर क्याम्पसको अध्यक्षमा पन्त निर्वाचित

Nabin Kumar Khatiwada