फ्रेण्डसिप खबर
गृह पृष्ठ

दोलखाली समाज दक्षिण कोरियाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

केदार दहाल

दाेलखा/दोलखाली समाज दक्षिण कोरियाद्वारा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विभिन्न क्षेत्रमा सहयाेग गर्दै गरेकाे समाज यतिबेला शैक्षिक क्षेत्रमा सहयोग गर्दै रहेकाे छ ।

शैक्षिक क्षेत्रमा सहयाेग गर्दै आएको समाजले कालिञ्चोक गाउँपालिका वडा नं ५ काे श्री भगवती आधारभुत बिद्यालय, वडा नं ६ का भद्रावती प्रा.वि र कालिका भगवती प्राविमा अध्ययनरत विद्यार्थीहरुलाई १३५ थान स्वीटर र टोपी वितरण गरिएको हो ।

सोमवार एक कार्यक्रमको विच गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले विद्यार्थीलाई कपडा वितरण गर्नुभएको थियाे । कार्यक्रममा वडा अध्यक्ष सहदेव खड्का, भरत पाण्डे लगायत सहभागी थिए ।  

दोलखाली समाज दक्षिण कोरियाका अध्यक्ष अभि थापाका अनुसार हाल न्युजील्याण्डमा रहेका रामराजा ओली लगायत पुर्व विद्यार्थीहरूको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस वैतेश्वरको अध्यक्षमा टहल खड्का (अधिवेशन फोटो फिचर)

Friendship Khabar

१०औं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जिरी नगरपालिकाकाे हातमा

Kedar Dahal

साना दरका नोटले भरियो भल्ट, बैंकले लिन छोडे सयभन्दा तलका नोट

Kedar Dahal