फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ देश बागमती प्रदेश शिक्षा समाचार

परिषदले आन्दोलनका कार्यक्रम घोषणा गर्दै स्थानीय तहमा ध्यानाकर्षण

चरिकोट/विद्यालय कर्मचारी परिषदले विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ।

परिषदले आज आफ्नो आन्दोलनका कार्यक्रम बारे स्थानीय तहलाई जानकारी दिदै ध्यानाकर्षण गरेको हो।सोही कार्यक्रम बमोजिम दोलखाको वैतेश्वर गाउँपालिकामा पनि परिषदको प्रतिनिधिमण्डल ले ध्यानाकर्षण पत्र बुझाएको छ।कर्मचारी परिषदका नेता शंकर बस्नेत,अध्यक्ष जय तमाङ,सचीव उर्मिला गौतम रिमाल सहितको टोलिले वैतेश्वर गाउँपालिकाका शिक्षा शाखा प्रमुख ऋषिराम ज्ञवालीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

ध्यानाकर्षण पत्रमा उल्लेख गर्दै परिषदले निम्न अनुसारका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।
१ )मिति २०८२/०१/२१ देखि मिति २०८२/०२/०२ गतेसम्म कालो पट्टी बाँधेर कार्य क्षेत्रमा काम गर्ने

२)२०८२/०२/०४ गतेका दिन ७५३ ओटै स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाउने तथा आन्दोलनका बारेमा जानकारी गराउने ।

३)२०८२/०२/०५ गते जिल्लागत आन्दोलन परिचालन समिति गठन गर्ने ।

४)२०८२/०२/०६ शिक्षा विकास तथा समन्वय इकाई ७७ ओटैमा आन्दोलनको जानकारीसहित ध्यानाकर्षण पत्र बुझाउने ।

५)२०८२/०२/०७ गते ७ ओटै प्रदेशमा आन्दोलनको जानकारी तथा ध्यानाकर्षण पत्र सामाजिक विकास मन्त्रालयमा बुझाउने ।

६)२०८२/०२/०९ र १० गते काठमाण्डौ स्थित माइतीघर मण्डलामा सडक आन्दोलनमा सवै उपस्थित हुने र तत्कालै आन्दोलको समीक्षा गरेर दोस्रो चरणको आन्दोलनको रुपरेखा तयार गर्ने ।

याे पढ्न छुटाउनु भयाे की ?

जिविकोपार्जनका लागी विपन्न परिवारलाई बंगुरको पाँठा बितरण

Friendship Khabar

गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Rajkumar Dahal

जनजागरण साकाेषकाे बार्षिक साधारण सभा

Nabin Kumar Khatiwada