फ्रेण्डसिप खबर
बागमती प्रदेश समाचार

इश्वरभुमी साकोसकाे ९औँ वार्षिक साधारणसभा सम्पन्न, कुल पुँजी ७५ लाख नाघ्यो

पुष्कर अधिकारी
वैतेश्वर/दोलखाको वैतेश्वर गाउँपालिका-३ मिर्गे पाइलेमा अवस्थित इश्वरभुमी बचत तथा ऋण सहकारी संस्थाको ९औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुबास बस्नेतको अध्यक्षयता र वैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष कमल अधिकारीको प्रमुख आतिथ्यता तथा जिल्ला सहकारी संघ दोलखाका लेखा संयोजक पुष्कर कुमार दाहालको विषेश आतिथ्यताका साथै साधारणसभाको उद्घाटन गरिएको थियो।

साधारणसभामा संस्थाकाे आर्थिक बर्ष २०८०/८१ को  कुल दायित्व तथा निति तथा कार्यक्रम र बजेट संस्थाका सचिव मेनुका गिरीले प्रस्तुत गर्नु भएको थियो भने संस्थाकाे कुल दायित्व समेटिएको आर्थिक वर्ष २०८०/०८१ असार मसान्तसम्मको आय व्यय कोषाध्यक्ष ढालबहादुर बस्नेतले संस्थाकाे कुल पुँजी ७५ लाख ७८ हजार आठसय ६२ रुपैयाँ  पुगेको कोषाध्यक्ष बस्नेतले बताए।

त्यस्तै संस्थाको शेयर पुँजी ५ लाख ४१ हजार ५ सय रहेको छ भने जगेडा कोष तर्फ २ लाख २४ हजार र खुद नाफा  २ लाख ३८ हजार ९ सय रहेको उल्लेख गरिएको छ । लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन संस्थाकी लेखा संयोजक रमिला खड्काले प्रस्तुत गर्नु भएको थियो।
त्यसैगरी संस्थाले साधारणसभाको अवसर पारेर विभिन्न विधामा आफ्ना शेयर तथा बाल सदस्यहरुलाई नगदसहित सम्मान गरेको छ ।
साधारणसभामा संस्थाका अध्यक्ष सुबास बस्नेत, वैतेश्वर गाउँपालिका-३ का वडा अध्यक्ष कमल अधिकारी, जिल्ला सहकारी संघ दोलखा लेखा संयोजक पुष्कर कुमार दाहाल, जनजागरण साकोसका सचीव दुर्गा बहादुर थापा, कालिढुङ्गा कृषि सहकारी संस्थाका अध्यक्ष शिव प्रसाद खतिवडा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । उक्त संस्थामा हाल ३ सय ८० जना  सदस्य आबद्ध रहेको संस्थाले जनाएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

यस्तो छःएक क्वीन्टल सुन भित्र्याउने आरोपित  भुजेलको घर परिवार

Friendship Khabar

माओवादी केन्द्र दाेलखाका वडा सम्मेलनहरु धमाधम हुँदै

Kedar Dahal

वैतेश्वरमा सामाजिक सुरक्षा संम्बन्धी अभिमुखीकरण

Friendship Khabar