तेन्जिङ शेर्पा
दाेलखा/ नेकपा माओवादी केन्द्र जिरी नगरको तेस्रो ऐतिहासिक सम्मेलन तथा ३० औ जनयुद्ध दिवस पुर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको छ ।

पर्यटकिय नगरी जिरी नगरपालिकाको लिन्कन बजारमामा हजरौं जनताको उपस्थितिमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै जिरी लाई सबै भन्दा धेरै माया गर्ने रास्ट्रीय नेतामा आफु मात्र रहेको र शान्ति प्रकियामा आए पछि पहिलो पल्ट भ्यालि भन्दा बाहिर निस्कदा जिरी आएको र सो समय देखि हाल सम्म पाँचपटक भन्दा बढि आफु जिरी आएको र जिरीको समग्र विकासमा आफुले सबै भन्दा बढि भुमिका खेलेको दावी गरे । सभालाई सम्बोधन गर्ने क्रममा तेस्रो पटक प्रधानमन्त्री हुदै गर्दा देशमा सुशासन कायम गर्न , अर्थतन्त्र सुधार गर्दै गर्दा सामजिक न्याय कायम गर्न सबै खाले सेटिङ भत्काउदै ठुला ठुला भ्रस्टचारको फाईल खोल्दा देशै हल्लिएको र भुमाफिया , दलाल , बिचौलिया र भस्ट्रचारीहरुलाई जोगाउन नेपाली काँग्रेस र नेकपा एमाले सरकारनै ढालेको दावी गरे । सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका पोलिटव्यरो सदस्य एवं प्रतिनिधि सभाका सांसद गंगा कार्की ,केन्दिय सदस्य एवं दोलखा जिल्ला ईन्चार्ज बिशाल खडका , केन्द्रीय सदस्य एवं बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री , नेताहरु नर बहादुर पाख्रिन , नविन जिरेल जिरी नगरपालिका वडा अध्यक्ष निमपाल्दे शेर्पाले अब देश माओवादीमय भएको र २०८४ मा एक्ला एक्लै लेडेर देशमा फेरि माओवादी सत्ता स्थापित गरी जिरी र देशको विकासमा कायपलट ल्याउने दावी गरे । सम्मेलनमा नेपालि काँग्रेस , नेकपा एमाले र अन्य पार्टी परित्याग गरी माओवादी पार्टीमा समाहित हुने दुई सय भन्दा बढि नेता तथा कार्यकर्तालाई खादा माला ,टिका लगाएर नेताहरुले प्रवेश गराएका थिए ।


त्यसै गरी जिरी नगरको ऐतिहासिक तेस्रो सम्मेलनले नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीको अध्यक्षमा कर्मा शेर्पालाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ । आज सम्पन्न तेस्रो ऎतिहासिक सम्मेलनले नगर इन्चार्जमा भने साङगे शेर्पा र अध्यक्षमा कर्मा शेर्पालाई चयन गरेको हो ।



त्यस्तै उपाध्यक्षमा कृष्ण कुमार खत्री, अम्बर जिरेल, नीर कुमार कार्की ,रुपलाल लकान्द्री र सचिवमा खेटराज घिमिरे चयन भएका छन् भने सहसचिवहरुमा दातेम्बा शेर्पा, दिनेश पाख्रिन ,सुशा जिरेल र कोषाध्यक्षमा रोमकुमारी समाल जिरेललाई सर्वसम्मत चयन गर्दै ५८ सदस्यीय नगर कमिटी चयन गरेको छ ।





