फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार बागमती प्रदेश समाचार स्थानीय समाचार

हाम्रो जनकल्याणद्वारा फोहोर वर्गिकरणका लागि सचेतना

चरिकोट /हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले भीमेश्वर नगरपालिका र चरिघ्याङ टोल सुधार समितिसँगको साझेदारी तथा समन्वयमा फोहोर वर्गिकरण र व्यवस्थापनका लागि सचेतना कार्यक्रमको शुरुवात गरेको छ।

अभियानको शुभारम्भ गर्दै भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत बहादुर केसीले भीमेश्वरले थालेको फोहोर व्यवस्थापनको अभियानले वातावरणीय संरक्षणमात्र होइन घर, समाज र शहर नै सफा हुनेदेखि फोहोर व्यवास्थापनबाट पैसा आर्जन र रोजगारी समेत सिर्जना हुने भएकाले यसलाई सफल बनाउनु सफै नगरवासीको दायित्व हुने बताउनु भयो । खास गरी शहर र बजार केन्द्रित भई अहिले अभियान थालिएको भएपनि आगामी दिनमा यसलाई नगरभर अभियानका रुपमा थालिने पनि नगर प्रमुख के सी ले बताउनु भयो ।

अभियानमा हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारीहरु र भीमेश्वर नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मेवारी लिएको एडिबि फोहोर व्यवस्थापन प्र लि का कर्मचारीहरु स्वयंसेवकका रुपमा हरेक भान्सामा पुगी फोहोर वर्गिकरणबारे जानकारी गराउँदै भान्सामा फोहोर वर्गिकरणका बारेमा तयार गरिएको स्टिकर टाँस्ने छन् । त्यसैगरी स्वयंसेवकहरुले तीन रङ्गको झोला पनि निःशुल्क वितरण गर्नुहुनेछ । संस्थाका कोषाध्यक्ष अर्जुन कार्कीको अध्यक्षतामा भएको शुभारम्म कार्यक्रममा भिमेश्वर नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडा अध्यक्ष हरिबंश चौलागाई, वडा नम्बर ६ का वडा अध्यक्ष नबिन कुमार लामा, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खडका, इन्जिनियर सुरेश राउत, एडिबि फोहोर व्यवस्थापन प्रालिका सञ्चालक धु्रब बस्नेत, चरिघ्याङ टोल सुधार समितिका अध्यक्ष दाबा लामा लगायत समितिका सदस्य, हाम्रो जनकल्याण साकोसका सञ्चालक, कर्मचारी लगायत स्थानीय घरधनीहरुको उपस्थिति रहेको थियो । यो अभियान एक महिना चल्ने छ ।

त्यसैगरी सामाजिक उत्तरदायित्व अन्तरगत हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आज ८० वर्ष माथिका शेयर सदस्यलाई एउटा ब्लांकेट र आधा केजि हर्लिक्स घरघरमा पुगी जेष्ठ सदस्यहलाई वितरण गरेको छ भने ७० देखि ७९ वर्षका जेष्ठ सदस्यहरुलाई आधा केजि हर्लिक्स र एउटा कप वितरण गरेको छ । ५५ जनाभन्दा बढी ८० वर्षका जेष्ठ नागरिक र १०० भन्दा बढी ७० देखि ७९ वर्षका जेष्ठ सदस्यलाई घरदैलो कार्यक्रमार्फत भेटघाट गर्ने र उक्त सामग्री वितरण गर्ने संस्थाको तयारी रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेत ले जानकारी दिनुभयो ।

याे पढ्न छुटाउनु भयाे की ?

नेकपा एस वैतेश्वर काठमाडौ संपर्क मञ्चको अधिवेशन अध्यक्षमा श्याम ढुंगेल

Friendship Khabar

मन्त्री लम्सालद्वारा खुर्कोटमा ट्रायल सेन्टरको उद्घाटन

Friendship Khabar

तेक्वान्दो क्विन संगीनालाई नुवाकोट सेवा समाज – युएईद्वारा सम्मान

Friendship Khabar