तेन्जिङ शेर्पा
दोलखा जिल्ला जिरी नगरपालिका वडा न. ७ हिले निवासी ४३ वर्षिय सोनाम शेर्पाले may 23 तारिख 2025 वि.सं. २०८२ साल जेष्ठ ९ गते शुक्रवारका दिन बिहान ६:०० बजे विश्वको सबै भन्दा अग्लो हिमाल सगरमाथाको सफल आरोहण गरेका छन ।

४३ वर्षिय सोनाम शेर्पा साबिक जिरीको शेर्पा समुदायबाट पहिलो पल्ट सगरमाथामा पाइला टेक्न सफल भएको हो । यस अघि २१/२२ वर्षको उमेर देखि ट्रेकिङ सम्बन्धी विभिन्न पदमा काम गर्दै आएका शेर्पा यस वर्स भने आफै सगरमाथाको शिखरमा पुग्न सफल भएकाछन । विगत केहि वर्ष अघि देखि ट्रेकिङ क्षेत्रमा गाईडको रुपमा काम गर्दै आएका शेर्पाले अहिले भने माता पोनियर एडभान्चर कम्पनी प्रा लि। ( Ma ta pioneer adventure company ) बाट सगरमाथाको सफल आरोहरण गरेका हुन ।



पछिल्लो समय केहि वर्ष देखि ट्रेकिङ पेशामा संलग्न हुँदै आएका शेर्पा सामाजिक सेवामा पनि सकृय रहेका छन । जिरी नपाको हिले निगाले, खावा सुर्के, खुदुर्के र वैतेस्वर -३ यार्सामा गुम्बा निर्माण तथा शेर्पा संस्कृति को विकास र परिवर्तनमा उल्लेखनीय भुमिका निर्वाह गर्दै आएका छन। शेर्पाले सगरमाथा आरोहण गरे पशचात जिरी नपाका हिले निगाले, खावा सुर्के, खुदुर्के र वैतेश्ववरको यार्सा शेर्पा समुदायका व्यक्त्तिहरुले सामाजिक सन्जालमा व्यापक खुशि तथा बधाई व्यक्त गरि रहेका छन ।




