फ्रेण्डसिप खबर
गृह पृष्ठ

तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र ताेक्न मतदान, मानेडाँडाका लागि खस्याे दुई तिहाई

केदार दहाल

दाेलखा/तामाकाेशी गाउँपालिकाकाे स्थायी केन्द्र वडा नं ३ काे मानेडाँडामा रहने भएको छ । हिजाेदेखि शुरु भएको गाउँ सभाले आज मतदान प्रक्रिया बाट टुंगो लगाएको हाे ।

गाउँसभाको दुई तिहाई बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था अनुसार तामाकाेशी गाउँपालिकाको स्थायी केन्द्रका लागि आज भएको मतदानमा गाउँ कार्यपालिकाका बहुमत सदस्यले वडा नं ३ काे मानेडाँडालाई स्थायी केन्द्र बनाउन मतदान गरेका छन् । मानेडाँडालाई स्थायी केन्द्र बनाउने पक्षमा २९ र बिपक्षमा ५ मत परेको छ त्यसै गरि २ जना कार्यपालिका सदस्यले भने तटस्थ मत दिएका छन् । कुल खसेको ३८ मत मध्ये २ मत बदर भएको छ ।

स्थायी केन्द्रका लागि जफेको छौंडे, कुमाले र मानेडाँडा, मालु र मानेडाँडाकेन्द्र कायम गर्नु पर्ने भन्ने छुट्टाछुट्टै प्रस्ताव दर्ता भएपनि मतदान प्रक्रिया बाट मानेडाँडा काे लागि बहुमत प्राप्त भएको हाे । पहिलाे निर्वाचित जनप्रतिनिधिहरुले स्थायी केन्द्र टुंगो लगाउन नसके पनि दाेश्राे निर्वाचित जनप्रतिनिधिहरुले मतदान प्रक्रियावाट स्थायी केन्द्रको टुँगो लगाएका हुन् । राज्य पुनर्संरचना आयोगले पनि पालिकाको केन्द्र मानेडाँडा सिफारिस गरेको थियो ।

याे पढ्न छुटाउनु भयाे की ?

मन्त्री परिषदबाट स्वीकृत “शिक्षा ऐन २०८०” का विरुद्धमा शिक्षकहरु धर्नामा

Friendship Khabar

यस्तो छःएक क्वीन्टल सुन भित्र्याउने आरोपित  भुजेलको घर परिवार

Friendship Khabar

दोलखा क्षेत्र नं २ मा एमालेका केसी निर्वाचित

Friendship Khabar