नवीनकुमार खतिवडा
दोलखा,खावा/दोलखा वैतेश्वर गाउँपालिका वडा नम्बर-३ मिर्गे खावामा रहेको नव जनउत्थान साकोसको आ.व.२०८०/८१ को असार मसान्तसम्मको कुल पुँजी १९ करोड ८२ लाख ९७ हजार १ सय २७ रुपैयाँ पुगेको छ। बुधबार संस्थाको एकीकरण पछिको एकीकृत चौथो वार्षिक साधारण सभाको अवसरमा संस्थाको बार्षिक प्रगति सार्वजनिक गरिएको हो। संस्थाका अध्यक्ष तेन्जिङ शेर्पाको अध्यक्षतामा भएको साधारण सभाको दोलखा बचत तथा ऋण सहकारी संघका अध्यक्ष भुमिराज खड्का द्वारा उद्घाटन गरिएको हो।

साविकका तीनवटा सहकारीहरु जनउत्थान, नव ज्योति र वैशाखेश्वर महादेव बीच २०७७ मा एकीकरण भइ खावा डाडामा मुख्य कार्यालय मार्फत संचालित सहकारी संस्थाको कुल शेयर पुँजी १ करोड ९९ लाख ७७ हजार १ सय,जगेडा कोष १ करोड ७ लाख ९३ हजार ४सय ९८,बचत निक्षेप १५ करोड ५० लाख १७ हजार २६० रहेको संस्थाका कोषाध्यक्ष सुकु शेर्पाले जानकारी दिनुभयो।

दोलखा जिल्लाको वैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाभर कार्यक्षेत्र रही सेवा पुर्याउँदै आएको यस सहकारी संस्थामा हाल २ हजार ६ सय २० शेयर सदस्य तथा १ हजार ३१ जना बाल बचतकर्ता सदस्य हरु रहेका छन। यो संस्था जोखिममा आधारित सुपरिबेक्षण कार्यक्रम (क्रब्स) प्रमाणिकरण ब्रान्डको लागि सहभागी रहेको छ।

संस्थाले बचत तथा ऋणको अलवा विभिन्न सामाजिक कार्यहरुमा पनि कार्य गर्दै आएको छ। संस्थाका सचीव केदार दहालका अनुसार संस्थाले प्राथमिक तहदेखि स्नातक तहसम्म अध्ययन गर्ने जेहेन्दार छात्रवृत्ति,प्राकृतिक प्रकोपमा आर्थिक सहयोग सदस्यहरुलाई स्वास्थ उपचारमा आर्थिक सहयोग ,उत्कृष्ट बचत कर्ता, ऋणी, शेयर खरिद कर्ता सम्मान,पेवावृद्दी कार्यक्रम, सुत्केरी भेटघाट, मनिट्रान्सफर सेवा, SEE तयारी कक्षा सहयोग लगाएतका कार्यक्रमहरु रहेका छन। साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रममार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई १० हजारदेखि ३० हजारसम्म प्रदान गर्दै आइरहेको छ ।
साधारणसभाको अवसरमा जेष्ठ सदस्य,उत्कृष्ट शेयर खरिदकर्ता,असल ऋणी,नियमित बचत कर्ता र SEE उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिएको छ।कार्यक्रममा प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भुमिराज खड्का,विशेष अतिथिहरु वैतेश्वर ३ का वडा अध्यक्ष कमल अधिकारी, जिल्ला सहकारी संघका लेखा संयोजक पुष्कर कुमार दहाल, अतिथि दोलखा जिल्ला बचत संघका लेखा संयोजक तथा जनसचेतन साकोषका नव निर्वाचित अध्यक्ष गोपालध्वज श्रेष्ठ, वैतेश्वर सहकारी संञ्जालका अध्यक्ष एवं जनमुखी साकोषका अध्यक्ष माधव प्रसाद दहाल, वैतेश्वर गाउँपालिका सहकारी शाखा प्रमुख मुक्ति प्रसाद दहाल,संस्थाका पुर्व अध्यक्ष एवं संरक्षक अमृत शेर्पा, उपाध्यक्ष नुर्वु शेर्पा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


