फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ देश शिक्षा

४० हजार राहत शिक्षकहरुकाे केन्द्रीय समिति भयाे दुई टुक्रा

केदार दहाल

४० हजार राहत शिक्षक रहेकाे केन्द्रीय समिति दुई टुक्रा भएको छ । आज महाेत्तरीमा भएको भेलाले विष्णु खत्रीको अध्यक्षतामा २९ सदस्यीय नयाँ नेपाल राहत शिक्षक राष्ट्रिय समिति गठन गरेकाे छ ।

समितिकाे सह-अध्यक्ष: सन्जिव मिश्र, बुद्धिमान दर्नाल
उपाध्यक्षमा: निरब ढकाल र बिष्णु माया तिमल्सिना
महासचिव: जीवन तिमल्सिना
उपमहासचिव: कृष्णप्रसाद अधिकारी
सचिव: नबिन थापा
कोषाध्यक्ष: चन्द्र प्रकाश पाण्डे
सदस्यहरुमा इन्द्रजीत देवकोटा, मनोज मल्ल, चन्द्र बहादुर केसी, लोकराज भण्डारी, तिर्थराज सापकोटा, बिरेन्द्रराज गिरी, गुणकेसरी श्रेष्ठ, चन्डिका सापकोट, हेम दियाली, रूकु घले, आस बहादुर मगर, खड्ग गिरी, जीवनाथ दहाल, कुमार तिमल्सिना, भविन कालाखेति, सन्तोष तिवारी निर्दाेष, प्रमिला भट्टराई, राज चौधरी, रामबहादुर साही, धनिराम गौतम, धर्म दहाल, तिलक खत्री रहेका छन् ।
किन गर्याे केन्द्रीय समितिले कार्वाही ? हेर्नुस् तलकाे निर्णय

नयाँ समितिले सरकारले पूरा गर्न सक्ने माग मात्रै राखेर अगाडि बढ्ने जनाउँदै माग समेत सार्वजनिक गरेकाे छ ।

यस्ता छन् ९ बुँदे मागहरुः

१.राहत दरवन्दीमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई पेशागत सुनिश्चितता सहित योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा समावेश गरी उमेर हदसम्म पेशागत निरन्तरता दिनु पर्ने ।

२.कार्यरत सम्पूर्ण राहत शिक्षकहरुको विरामी विदाको अभिलेख कायम गरी अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका वखत आर्थिक सुविधा उपलव्ध गराउनु पर्ने ।

३.सरुवाको व्यवस्था हुनु पर्ने ।

४.दुर्गम भत्ताको व्यवस्था हुनु पर्ने ।

५.प्रशासनिक कार्यमा नियुक्तिका आधारमा वरिष्ठता कायम हुनु पर्ने ।

६.औषधि उपचार खर्च सुविधाको व्यवस्था हुनु पर्ने ।

७.शिक्षक सेवा आयोगको खुल्ला परीक्षामा सहभागि हुन चाहने राहत दरवन्दीमा कार्यरत शिक्षकहरुलाई उमेर हद हटाउनु पर्ने ।

८.अनिवार्य वा स्वेच्छिक अवकाश हुँदाका वखत गोल्डेन ह्याण्डसेकको सुविधा उपलव्ध हुनु पर्ने ।

९.अनिवार्य÷स्वेच्छिक वा विविध कारणले रिक्त हुन आउने राहत कोटालाई स्वतः स्वीकृत दरवन्दीमा रुपान्तरण गरी खुल्ला विज्ञापनको माध्यमवाट पदपूर्ति गरिनु पर्ने ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिकाे यहि बैशाख २८ गते बसेकाे बैठकले समितिका सह अध्यक्ष विष्णु खत्री, के. सदस्य चन्द्र प्रकाश पाण्डे, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना र बागमती प्रदेश सह अध्यक्ष निरब ढकाललाई समितिको पदिय र सांगठनिक जिम्मेवारी विपरीतकाे गम्भीर गतिविधि गरेकाे आराेप लगाउँदै कार्वाही गरेकाे थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

साना दरका नोटले भरियो भल्ट, बैंकले लिन छोडे सयभन्दा तलका नोट

Kedar Dahal

समस्याग्रस्त सहकारीको पहिचान र समाधानको खोजी संम्बन्धी कार्यशाला

Friendship Khabar

बलेफी गाउँपालिका अध्यक्ष द्वारा एमाले परित्याग

Friendship Khabar