फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ राजनीति

एमसीसीविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस

काठमाडौं/नेकपा एकीकृत समाजावादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले आज पनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ ।
संसद भवनअगाडि अनेरास्ववियूले सिठ्ठी फुकेर लालटिन जुलुस निकालेका छन् । अध्यक्ष सुदेश पराजुली नेतृत्वको आन्दोलनकारी समूहले एमसीसी खारेजीको माग गर्दै नाराबाजी गरेका छन् । उनिहरुले नेता तथा सांसदहरुलाई दिउँसै लालटिन बालेर सचेत गराएका छन् ।
आज बिहानमात्र गृहमन्त्री खाणले पराजुलीलगायत आन्दोलनकारी संगठनका नेतृत्वलाई फोन गरेर गठबन्धनलाई असर नपर्ने गरी शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरेका थिए ।

अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा बानेश्वर क्षेत्र फेरि अशान्त बनेको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथि छलफल हुने बताइएपछि प्रदर्शनकारीले विरोध जनाएका थिए। प्रदर्शनकारीहरूले एमसिसी अनुमोदन गर्न नहुने भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको । एमसिसीको विरोधमा रहेका दलहरूका कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।

प्रहरीले भीडलाई नियन्त्रण गर्नका लागि रबरको गोली, अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको थियो । आक्रोशित प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । सो क्रममा केही प्रदर्शनकारी घाइते भएको बताइएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नार्कका निर्देशक भट्टराई इन्टरनेशनल इनोभेसन एलाइन्सको उपाध्यक्ष

Friendship Khabar

नेकपा एस लादुकको अधिवेशन,नेता जितविर लामा द्वारा शुभकामना

Friendship Khabar

१५ जनाको ज्यान लिएको १४ वर्ष अघिको बोत्ले घटना

Nabin Kumar Khatiwada