फ्रेण्डसिप खबर
Breaking गृह पृष्ठ देश बागमती प्रदेश स्थानीय समाचार

समाजसेवी उप्रेतीबाट जेष्ठ महिला र विद्यार्थीलाई सहयोग

चरिकोट/समाजसेवी शारदा उप्रेती घिमिरेले बैतेश्वर गा पा वडा न १ बस्ने बर्ष ९२ को लाडोल्मा तमाङलाई बाचुन्जेल मासिक ५ हजारका दरले सहयोग उपलब्ध गराउने हुनु भएको छ।

विष्णु मावि अक्षयकोष को अध्यक्ष समेत रहेकी घिमेरेले विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी र शिक्षकहरूलाई ट्रयाकसुट उपलब्ध गराउने घाेषणा समेत गर्नु भएको छ ।
यसैगरी उप्रेतीले धार्मिक तथा सार्वजनिक स्थलमा यात्रु र धर्मावलम्बीहरूलाई लक्षित गरि फलामे बेञ्च हस्तान्तरण गर्नु भएको छ।भीमेश्वर नगरपालिका वडा नं ५ मा रहेकाे प्रशिद्ध धार्मिक स्थल महांकाल मन्दिरमा बेञ्च राखिदिनु भएको हाे।यसले महांकाल पुग्ने धर्मावलम्बीहरूलाई सहज भएको छ ।
उप्रेतीले पछिल्लो समय समाजसेवामा उत्कृष्ट काम गरे वापत उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबाट दाेलखा महाेत्सव २०७९ उद्घाटनकाे अवसरमा सम्मान समेत प्राप्त गर्नु भएको छ । चेम्बर अफ कमर्स दाेलखाले आयोजना गरेकाे महाेत्सवकाे अवसरमा घिमिरेलाई सम्मान गरेको हाे साथै एक महिना अघि पनि नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको साधारण सभाको दिन पत्रकार महासंघले सम्मान गरेकाे थियोे ।
घिमिरेले प्रशिद्ध धार्मिक तथा पर्यटकीय स्थल कालिञ्चाेकमा पनि यस्तै कुर्सी राख्नु भएको थियाे।
कालिञ्चाेक सहित विभिन्न सार्वजनिक ठाउँमा फलामे बेञ्च लिएर बैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष कल्पना उप्रेती, व्यवसायी राजेश उप्रेती सहित शारदा उप्रेती  घिमिरे आफैं पुग्नु भएको हाे ।

आफ्ना बुबा काशीनाथ उप्रेतीको सम्झनामा यश अघि पनि बैतेश्वर गाउँपालिकाका सार्वजनिक स्थान, जिरी उद्योग वाणिज्य संघ मार्फत जिरी बजारमा र विभिन्न मन्दिर तथा सार्वजनिक स्थानमा यस्ता बेञ्च राख्नु भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

समृद्ध दोलखा गठबन्धनबाट मात्रै पुरा हुने :- खड्का

Friendship Khabar

जनसचेतन द्वारा सहकारी दिवसमा रक्तदान

Friendship Khabar

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar