फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश मनाेरञ्जन स्थानीय समाचार

दिपज्योतीको आयोजनामा आमा समुह बिच लोक गित प्रतियोगिता

प्रकाश दहाल

दोलखा/११३ औँ नारी दिवसको अवसरमा लोक गित प्रतियोगिता गरिएको छ।

दोलखाको कालिञ्चाेक गाउँपालिका वडा नं. ९ सुन्द्रावतीमा दीपज्योति बचत तथा ऋण सहकारी संस्था तथा दीपज्योति समाज सुधार संघ काे संयुक्त आयाेजनामा साविक वडामा रहेका आमा समुहहरुकाे बिचमा नारी दिवसकाे पूर्व सन्ध्यामा प्रतिस्पर्धा सञ्चालन गरिएको हो।

“लैङ्गिक समानताकाे बलियाे आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचकाे विस्तार” भन्ने नाराकाे साथ आयोजित लाेक गित प्रतियाेगितामा लाेक गितकाे भाका चरी रुखैमा,सहकारीले दिन्छ साथ सुखदःखमा रहेको थियो।

प्रतियोगीतामा ९ वटा आमा समुहकाे सहभागिता रहेको प्रतियोगितामा हरीयाली आमा समुह प्रथम,गुराँसे आमा समूह द्वितीय,सेतीदेवी आमा समूह तृतीय र चण्डेश्वरी आमा समूह ले सान्त्वना स्थान हासिल गरेका थिए।बिजेता समुह लाई प्रथम पुरस्कार रु ५ हजार,द्वितीय पुरस्कार रु ४ हजार,तृतीय पुरस्कार रु ३ हजार र
सान्त्वना पुरस्कार रु २ हजार सहित पुरस्कृत गरिएको थियो।

दीपज्योति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दीपज्योति समाज सुधार संघका अध्यक्ष केशव सेढाईं,रेडक्रस उपशाखा सुन्द्रावतीका उपसभापति लक्ष्मी ओली,दीपज्योति बचत तथा ऋण सहकारी सञ्चालक समिति सचिव रमेश थामी,मूल्यांकन कर्ता शिवहरी शिवाकोटी ,मुकुन्द शिवाकाेटी,पुस्पराज अधिकारी लगाएतले शुभकामना मन्तव्य राखेका थिए।

याे पढ्न छुटाउनु भयाे की ?

रोमानिया जानेको लागि ताहाचलमा रोमानियन मिशन स्थापना

Friendship Khabar

प्रमुख शर्माद्वारा ज्येष्ठ नागरिक दिव्य सेवा आश्रयस्थलको प्रसंशा

Friendship Khabar

बहुविवाहलाई कानूनी मान्यता नदिन प्रशासन मार्फत सरकारको ध्यानाकर्षण

Nabin Kumar Khatiwada