फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य गृह पृष्ठ देश बागमती प्रदेश

३९० घण्टे सीपमूलक तालिम सुरू

दाेलखा,२२ फागुन/स्वराेजगारमूलक हाेमस्टे र बारिष्टा(कफीमेकर) तालिम चरिकोटमा सुरू भएको छ ।
प्रदेश युवा परिषद् बागमतीकाे आर्थिक सहयोगमा निशुल्क ३९० घण्टा(६५ दिन) काे तालिम साेमबारबाट सुरू भएको हाे ।

जिल्ला युवा समिति दाेलखाले आयोजना गरेको तलिम कान्तिपुर बहु-प्राविधिक शिक्षालय भरतपुर र हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र प्रालि ललितपुरका प्रशिक्षकहरूले प्रशिक्षण गर्छन् ।

पर्यटकीय क्षेत्रमा हाेम स्टे र बारिस्टाका अत्यन्तै माग भएकाले दक्ष जनशक्ति उत्पादन गर्न तह १ काे तालिम सुरू गरिएको जिल्ला युवा समिति दाेलखाका अध्यक्ष भरत श्रेष्ठले जानकारी दिनुभयो । तालिम उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का, युवा परिषद् बागमतीका उपाध्यक्ष सन्ताेष चाैलागाई लगायतको उपस्थिति थियाे ।

याे पढ्न छुटाउनु भयाे की ?

पाँचौ राष्ट्रपति रनिङ शिल्ड जिरीकाे उपाधि सहिद स्मृतिलाई, लगातार चाैथाे पटक सम्म विजेता

Kedar Dahal

यसरी अनेरास्ववियू विद्यार्थी सम्म पुग्नेछ

Friendship Khabar

रोमानिया जानेको लागि ताहाचलमा रोमानियन मिशन स्थापना

Friendship Khabar