फ्रेण्डसिप खबर
Breaking अन्तराष्ट्रिय समाचार आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ पर्यटन समाचार

८ नियम र चिन भ्रमणकाे अनुभव आदनप्रदान

काठमाडौं/चीनले गरेकाे अभुतपूर्व विकास चिनियाँ कम्युनिस्ट पार्टीले अघि सारेको का “८ नियम” नै मुख्य कारण रहेको चिन भ्रमणमा गएका नेपाली पर्यटकहरूकाे निष्कर्ष रहेकाे छ ।

चीन अहिले विश्वकाे दाेस्राे ठूलाे अर्थतन्त्र भएको देश हाे ।सडक, रेल वे, भवन, पर्यटन, कृषि र औद्योगिक विकास जस्ता पूर्वाधार उत्कृष्ट रहेको छ । यही पूर्वाधार विकास, लगानी, मेहेनतका कारण चिनकाे उत्पादन, व्यापार र पर्यटन प्रबर्द्धन भएको छ ।

चिनले गरिबी विरूद्धकाे लडाइँमा समेत जित हाँसिल गरि गरिबीकाे दर शुन्यमा झार्ने लक्ष्यका साथ काम गरिरहेको छ । इलेक्ट्रोनिक उत्पादन, विद्युतीय गाडी, ऊर्जा उत्पादन र व्यापारमा फड्को मारेको छ । चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागकाे निमन्त्रणामा १० दिन लामाे चिनकाे विभिन्न सहर भ्रमण गरि फर्केकाहरूकाे बीच अनुभव आदनप्रदान कार्यक्रममा यस्तो बताएका हुन् । पछिल्लो समय नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्मा नेतृत्वमा २५ सदस्यीय टाेली छाेङछिङ र शान्सि प्रान्तका विभिन्न औद्योगिक, राजनीतिक, कृषि, सांस्कृतिक र पर्यटकीय क्षेत्रकाे भ्रमण गरि फर्केको छ । एक महिना अघि नेपाली काँग्रेसकि विदेश विभाग प्रमुख सुजना काेइरला नेतृत्वको १५ सदस्य टाेलीले समेत छेन्दू, बेजिङ लगायतको भ्रमण गरेको थियाे ।

फ्रेन्ड्स अन त क्लाउड, प्लेटफर्म अफ इन्फ्लुयन्स नेपालले आयाेजना गरेकाे समिक्षा कार्यमा अध्यक्ष साेभित उप्रेतीले आधुनिक समाजवादी चिनकाे विकास सन्  २०१२ डिसेम्बर ५ मा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सिचिनपिङ भएपछि लागू गरेकाे ८ नियमले नै काम गरेको बताए । याे अवधि चीन विकासकाे तेस्रो अवधि भएको उनले बताए । चिनकाे पहिलो अवधी १९४९ मा माओत्सेतुङ गरेको राजनीतिक क्रान्तिपछिकाे र दाेस्राे अवधि सन् १९७८मा दिङस्या ओपिङले आर्थिक उदारीकरणकाे नीति खुला गरेपछि भएको बताए ।
कार्यक्रममा पूर्व सचिव देवेन्द्र सिटौला, कलाकार कृष्ण मल्ल, पत्रकारहरू दिलबहादुर केसी र राेहन श्रेष्ठले भ्रमणको अनुभव सुनाएका थिए ।

केके हुन् चीनलाई आधुनिकता दिने आठ नियम

सन् २०१२ मा जारी गरिएका नियमहरू हुन्, जसले पार्टी सदस्यहरूलाई अनुशासनमा राख्न र भ्रष्टाचार नियन्त्रण गर्न मार्गदर्शन गर्दछ। यी नियमहरू चिनियाँ राष्ट्रपति सी जिनपिङको नेतृत्वमा पारित गरिएको हो। मूलतः यी नियमहरू पार्टी अधिकारीहरूको आचरण सुधार गर्ने उद्देश्यले ल्याइएको थियो।
यहाँ चिनियाँ कम्युनिस्ट पार्टीका ८ नियमहरूको सारांश दिइएको छ:
• अनावश्यक औपचारिकता र ब्युरोक्रेटिक झन्झट हटाउने।
• जनसाधारणसँगको सम्पर्क मजबुत बनाउने र उनीहरूको अवस्था बुझ्ने।
• अनावश्यक बैठक, सेमिनार, र औपचारिक कार्यक्रम कम गर्ने।
• सरल, व्यावहारिक, र संक्षिप्त रिपोर्ट लेख्ने र भाषण गर्ने।
• प्रभावकारी र छोटो बैठक सञ्चालन गर्ने।
• सरकारी भ्रमण र कार्यक्रमहरूमा सादगी अपनाउने।
• स्वागत समारोह, रात्री भोज आदिमा फजुल खर्च नगर्ने।
• पार्टी सदस्यहरूले अनुशासन, सादगी, र जनताको सेवामा समर्पित भावना प्रदर्शन गर्ने।

यी नियमहरू पार्टी भित्र सुधार ल्याउने उद्देश्यले बनाइएका थिए, विशेष गरी भ्रष्टाचार र विलासीपन नियन्त्रण गर्न।यी नियमहरू लागू भएपछि चीनमा केही समयको लागि सरकारी अधिकारीहरूमा व्यवहारमा परिवर्तन आएको देखिएको थियो,विशेष गरी भ्रष्टाचार र अत्यधिक विलासिता विरुद्ध कडा कारवाही भएको थियो।

याे पढ्न छुटाउनु भयाे की ?

शिक्षक महासङ्घ पुन : आन्दोलित – देशभर दिए धर्ना

Kedar Dahal

घमण्डीपन !!

Friendship Khabar

पानी सफा गर्न ट्याङ्कीमै क्लोरिन

Friendship Khabar